यतिबेला विश्वभर कोरोना भाइरस (कोभिड–१९) ले ढपक्क ढाकेको छ । केही देशहरुमा कोरोनाकै कारण लकडाउन चलिरहेको छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन् ।

तर केही देशहरुमा झन बिजोक भएको छ । यता नेपालमा संक्रमितहरु कम हुनुको साटो बढ्दै छ । पछिल्लो समय लकडाउन पनि हटाई जोर–बिजोर प्रणालि लागु गरिएको छ ।
विदेशको तुलनामा नेपालमा भने कोरोना संक्रमितहरु बढ्दोक्रममै रहेको छ । कोरोना संक्रमण घट्ला भन्दा दिनप्रतिदिन बढ्दै गईरहेको छ । त्यही कोरोना कहरलाई झेल्दै तीज पर्व पनि नेपालीहरुले लकडाउनमै मनाए ।

कलाकर्मीहरुले गीत संगीत पनि कोरोना कहरमै सार्वजनिक गरे । बिस्तरै नेपालीहरुको महान पर्व बडा दशैं तथा दीपावाली नजिकिंदै आएको छ । यी चाडवाड पनि नेपालीहरुले कोरोना कहरमै मनाउने छन् ।

यही क्रममा पछिल्लो समय निकै गीतहरु सार्वजनिक भएका छन् । त्यसै ‘बन चरीलाई बन’ वोल रहेको गीत पनि सार्वजनिक भएको छ । ‘बन चरीलाई बन’ वोल रहेको उक्त गीतमा शब्द चर्चित सर्जक सन्तोष सुवेदीको रहेको छ ।

जसमा पछिल्लो समय निकै चर्चा कमाउन फसल गायिका शान्ति श्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको छ । गीतमा लय देव सेन र संगीत संयोजन सुनिल परियारको रहेको छ ।
वनडिबी स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई एचबिएन किस्मतले मिसक्सिङ तथा मास्टरिङ गराएका हुन् । गीतको म्युजिक भिडियो निकै राम्रो बनेको छ ।

जसलाई निर्देशक होम धितालले निर्देशन गरेका छन्, भने निरेन श्रेष्ठको कोरियोग्राफी रहेको छ । म्युजिक भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा निकै राज जमाएकी मोडल करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको नृत्य तथा अभिनय रहेको छ ।
उक्त भिडियोलाई मरुभूमि नारायणले छांयाकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन् । गीतलाई बल्छी ध्रुर्बे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।