इटहरीः पछिल्लो २४ घन्टामा विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । एकैदिन तीन लाख सात हजार आठ सय २३ जनामा संक्रमण पुष्टि भई विश्वमा संक्रमितको कूल संख्या तीन करोड २३ लाख ९४ हजार ६ सय ९१ पुगेकोमा सोममध्ये नौ लाख ८७ हजार ६२ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घन्टामा मात्र मात्र विश्वभर पाँच हजार सात सय ७८ जनाको मृत्यु भएको छ । संक्रमितमध्ये निको हुनेको कूल संख्या दुई करोड ३९ लाख चार हजार ६ सय ८५ रहेको छ भने सक्रिय संक्रमितको संख्या ७५ लाख दुई हजार नौ सय ४४ रहेकोमा सोमध्ये लक्षणसहितका ६३ हजार तीन सय १८ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।
कोरोना संक्रमितको संख्याबारे अभिलेख राख्ने वेबसाइट वाल्डोमिटरका अनुसार कोरोनाबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा संक्रमितको कूल संख्या ७१ लाख ८४ हजार सात सय १५ रहेको छ । पछिल्लो २४ घन्टामा मात्र त्यहाँ ४४ हजार पाँच सय ९९ जना संक्रमित थपिएका छन् । कूल संक्रमितमध्ये दुई लाख सात हजार पाँच सय १२ जनाको मृत्यु भई ४४ लाख ३१ हजार ५४ जना निको भएपछि हाल सक्रिय संक्रमितको संख्या २५ लाख ४६ हजार एक सय ४९ रहेको छ । त्यहाँ १४ हजार ८९ जना गम्भीर प्रकृतिका बिरामी रहेका छन् । पछिल्लो २४ घन्टामा मात्र अमेरिकामा नौ सय १६ जनाले ज्यान गुमाएका छन् ।
कोरोनाबाट बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घन्टामा ८५ हजार नौ सय १९ जनामा संक्रमण पुष्टि भई कूल संक्रमितको संख्या ५८ लाख १६ हजार एक सय तीन पुगेको छ । संक्रमितमध्ये ९२ हजार तीन सय १७ जनाको मृत्यु भई ४७ लाख ५२ हजार नौ सय ९१ जना निको भएपछि संक्रिय संक्रमितको संख्या नौ लाख ७० हजार सात सय ९५ रहेकोमा सोमध्ये आठ हजार नौ सय ४४ जना गम्भीर प्रकृतिका बिरामी रहेका छन् ।
ब्राजिलमा पछिल्लो २४ घन्टामा ३२ हजार एक सय २९ जनामा संक्रमण देखिएपछि कूल संक्रमितको संख्या४६ लाख ५९ हजार नौ सय नौ पुगेको छ । संक्रमितमध्ये एक लाख ३९ हजार आठ सय ८३ जनाको मृत्यु भई ४० लाख २३ हजार सात सय ८९ जना निको भएपछि सक्रिय संक्रमितको संख्या चार लाख ९६ हजार दुई सय ३७ जना रहेको छ । त्यहाँ आठ हजार तीन सय १८ जना गम्भीर प्रकृतिका बिरामी रहेका छन् ।