इटहरी : टिम नेपो र सिस्टरहुड नेपालको संयूक्त रुपमा पहिरो पिडित धरान २० विष्णुपादुका आँपटारमा पहिरोबाट पिडित ७ घर परिवारलाई राहत वितरण गरेको हो ।
उक्त राहत आवश्यकता अनुसार वितरण गर्ने गरी धरान उपमहानगरपालिका वार्ड नं. २० का वडाध्यक्ष मणिराम राईलाई जिम्मा लगाईएको हो । उनिहरुलाई हाल टेण्ड निर्माण गरी सुरक्षित स्थानमा सारिएको छ । धराहतमा २०० केजी चामल, ७५ केजी दाल, ३५ केजी नुन्, ४० पाकेट तेल र १० केजी न्यूटेला प्रदान गरिएको थियो ।
राहतका लागि आश्यक सामग्रीका लागि रोटरी क्लवमा आवद्ध काठमाण्डौं निवासी प्रधान परिवारले रू. ३० हजार प्रदान गरिएको आयोजक टिम नेपो सुनसरी का प्रतिनिधि प्रज्वल भण्डारीले बताए । छोराछोरी नभएका वृद्धबृद्धा भएका धरानका ५ परिवार समेत राहत वितरण गरिएको थियो ।
पहिरो जाने क्रममा गत ३ गते करिव १२ः३० वजे खाना खाईरहेको अवस्था एक्कासी पहिरो झरेको थियो ।
मानिस तथा कुनै बस्तुभाउको क्ष्यति भने हुन नपाएको धरान २० निवासी कर्ण राईले जानकारी दिएका छन् ।
कार्यक्रममा सिस्टर हुड नेपालकी सदस्य रोजिना भुजेल, रोटरी क्लव अफ धरानका अध्यक्ष दिपक कुमार श्रेष्ठ, निवर्तमान अध्यक्ष रविन श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
टिम नेपो एक सामाजिक संस्थाको रुपमा रहेर शिक्षा, स्वास्थ्य, कृर्षि र वातावरणको क्षेत्रमा कर्यरत रहेको छ ।