इटहरी बिहिबार देखि परेको अविरल वर्षाका कारण धनकुटाको विभिन्न स्थानमा क्षति भएको छ ।
निरन्तर परेको वर्षाका कारण आज विहान महालक्ष्मी नगरपालिका–५ रामबजारका विजय शाहको ढुंगा माटोले बनेको टिनको छानो भएको दुई तले घर भत्किदाँ वर्षात्ले घर भत्किदाँ पूर्णरुपमा क्षति भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी गोविन्द अधिकारीले बताए ।

घर भित्र रहेको लत्ताकपडा, गरगहना, काठपात, अन्नपात पूर्णरुपमा नष्ट भएको प्रहरीले बताएको छ ।

मानवीय क्षति भने हुन पाएन । घर भत्किदाँ मानवीय र चौपायामा क्षति नभएपनि घर भित्र रहेको लत्ताकपडा, गरगहना, काठपात, अन्नपात क्षति भएको प्रहरीले बताएको छ ।
यता धनकुटा नगरपालिका–५ कै छुङ्देन टोलका लिलाबहादुर राईको दुई वटा घर भत्किदाँ ३५ लाख बराबरको क्षति भएको छ ।

वर्षाले राईको ढुंगामाटोले बनेको टिनको छानो भएको एकतले घर र ढुंगामाटोले नै बनेको दुई तलेघरमा पूर्णरुपमा क्षति भएको छ ।

घर भत्किदाँ लत्ताकपडा, खाद्यन्न, काठपात, गरगहना र १० वटा कुखुरा पुरिएको एसपी अधिकारीले बताए ।

त्यस्तै अविरल बर्षाका कारण कोशी लोकमार्ग अन्तरगत साँगुरीगढी गाउँपालिका–६ घण्टेमा माथिबाट आएको पहिरोले सडक पुरिदाँ चार घण्टा अवरोध भएको छ ।

जेसिबीको सहयोगमा अहिले पहिरो पन्छाएर बाटो सुचारु गरिएको प्रहरीले बताएको छ ।