इटहरीः नेपाली नारिहरुको महान चाड हरितालिका तीज २०७७ को अवसरमा वि योङ व्युटि एकेडेमि इटहरीले आयोजना गरेको तीज सुपर क्वीनको उपाधि विजेतालाई शुक्रवार एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ । एकेडेमिले विभिन्न विधामा उपाधि विजेता तथा कार्यक्रमको विजेता, उपविजेता र तेस्रो हुनेलाई स–सम्मान पुरस्कार दिएको हो । उद्योग वाणिज्य संघ इटहरीका सभापति भिम पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा सौन्दर्यता क्षेत्रमा काम गर्ने इटहरी, धरान तथा दमकका कलाकर्मीको उपस्थिति रहेको थियो ।
तीजको अवसरमा आयोजना गरिएको तीज सुपर क्वीनको उपाधि धरानकी रोश्नी गुरुङले जितेकि छिन् । त्यस्तै प्रतियोगितको ‘फस्ट रनर अप’ विर्तामोडकी सरु प्रसाई गौतम र ‘सेकेण्ड रनर अप’ धरानकी नियति पराजुलि भइन् । यसैगरि ‘बेस्ट स्माइल’ बिनु बुढाथोकी, ‘बेस्ट ड्रेस’, पुजा शर्मा, ‘बेस्ट ज्वेलरी’, रमला तामाङ्ग, ‘मोस्ट कन्फिडेन्ट लुक’ समिक्षा बुढाथोकी र ‘मोस्ट प्रमिसिङ पार्टिसिपेन्ट’ सिता मगरले जितेका छन् ।
कुल ११० जना सहभागि भएको सो प्रतियोगितमा विभिन्न चरण पार गर्दै उपाधि विजेताको टुङ्गो लगाइएको आयोजकले जानकारी दिएको छ । उद्योग वाणिज्य संघ इटहरीका सभापति भिम पौडेलले कार्यक्रममा बोल्दै कोरोनाले कला क्षेत्रलाई प्रभाव पारेको समयमा भर्चुअल रुपमा कार्यक्रम गरेकोमा आयोजकप्रति खुशी व्यक्त गरेका छन् । ‘कोरोना भाइरसले कला क्षेत्रलाई पनि नराम्रो प्रभाव परेको छ । यस्तो समयमा पनि तपाईहरुले यस्तो कार्यक्रम गर्नुभएको छ यसको लागि म तपाईहरुलाई धन्यबाद दिन्छु । साथै यो कार्यक्रम सौन्दर्यतामा आधारित भएकोले हामी बाहिरी रुपमा मात्र राम्रो नभएर हाम्रा आचरण, बानि पनि सौन्दर्य हुनुपर्छ’, उनले भने ।
प्रतियोगिताकी संयोजक सिर्जना केसीले ११० जना सहभागिबाट ३ जना विजेता छनौट गर्न धेरै आरोह अबरोह पार गरेको बताइन् । ‘सुरुमा ११० जनाले हाम्रो कार्यक्रमा सहभागि भएका थियो । त्यसबाट हामीले फेसबुक भोटिङको आधारमा विभिन्न चरण पुरा गदै ३ जना विजेता र अन्न ५ जनालाई विभिन्न विधामा पुरस्कार दिएका छौँ’, उनले भनिन् । साथै उनले यो प्रतियोगितामा अमेरीका तथा बेलयतबाट अन्तराष्ट्रिय स्तरका महिलाहरुले पनि सहभागिता जनाएको जानकारी दिइन् ।
कार्यक्रमा उपाधि विजेत (प्रथम हुने) धरानकी रोश्नी गुरुङले १० हजार नगद पुरस्कार, विजेतको क्राउन तथा विभिन्न ‘गिफ्ट ह्याम्पर’ प्राप्त गरेकि छिन् । त्यस्तै ‘फस्ट रनर अप’ विर्तामोडकी सरु प्रसाई गौतमले ७ हजार नगद पुरस्कार, ‘फस्ट रनर अप’को क्राउन तथा विभिन्न ‘गिफ्ट ह्याम्पर’ तथा ‘सेकेन्ड रनर अप’ धरानकी नियति पराजुलीले ५ हजार नगद पुरस्कार, ‘सेकेन्ड रनर अप’को क्राउन तथा विभिन्न ‘गिफ्ट ह्याम्पर’ प्राप्त गरेका छन् ।