इटहरीः अविरत वर्षाका कारण गएको पहिरोलो सुनसरीको धरान–१४स्थित प्रशिद्ध शिवालय पिण्डेश्वर जाने बाबाधाम मार्ग अवरुद्ध भएको छ ।
सडकको माथिल्लो भागबाट खसेको पहिरोका कारण आवागमन अवरुद्ध हुनुका साथै स्थानीय शेरबहादुर राईका साथै अन्य चार जनाको घरमा क्षति पुगेकोमा राईको परिवारलाई सुरक्षित स्थानमा सारिएको स्थानीय ओम राईले जानकारी दिए । पहिरोको उच्च जोखिममा रहेको यस क्षेत्रमा यसअघि पनि पहिरोले ठूलो क्षति पुर्याउने गरेको स्थानीयको अनुभव छ ।