इटहरीः अमेरिका लगायतका पश्चिमा मुलुकहरुले क्लिनिकल परीक्षणका मापदण्डबारे प्रश्न उठाएकाले विश्व स्वास्थ्य संगठनले मान्यता नदिएको कोरोना भाइरस विरुद्धको खोप स्पुतानिक भी रुसले नेपाललाई पनि दिने भएको छ ।
रुसको सार्वभौम सम्पत्ति कोषले नेपाललाई २ करोड ५० लाख डोज कोभिड(१९ खोप उपलब्ध गराउने सहमति गरेको छ । कोषले आज मंगलबार ट्रिनिटी फार्मास्युटिकल्समार्फत सो सहमति गरेको हो । यस सहमितपछि अनुसार नेपालको ९० प्रतिशत जनसंख्यालाई रुसको सम्भावित कोभिड(१९ खोप ’स्पुतनिक–भी’ प्राप्त हुने भएको छ । खोपको प्रभावकारिता प्रमाणि रहेको कोषको भनाइ छ । सम्झौताले धेरै देशहरूले कोरोना भाइरस भ्याक्सिन पोर्टफोलियोमा ’मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म’मा आधारित भ्याक्सिनको महत्त्वलाई मान्यता दिने जनाइको छ ।
“मानव एडिनोभाइरल भेक्टर प्लेटफर्म एक राम्रो अनुसन्धान गरिएको भ्याक्सिन प्लेटफर्म हो । जुन दशकौंसम्म सुरक्षित साबित भएको छ । जसमा ७५ अन्तर्राष्ट्रिय वैज्ञानिक प्रकाशनहरू र २५० भन्दा बढी क्लिनिकल परीक्षणहरू समावेश छन्,“ रुसी प्रत्यक्ष लगानी कोषले भनेको छ । ’स्पुतनिक भी’ले शतप्रतिशत सहभागीहरुमा स्थिर ’ह्युमरल र सेलुलर’ प्रतिरक्षा प्रतिक्रिया उत्पन्न गरेको कोषको दाबी छ । ११ अगस्तमा, जामिलिया नेशनल रिसर्च इन्स्टिच्युट इपिडिमियोलोजी र माइक्रोबायोलोजीद्वारा विकसित ’स्पुतनिक भी’ खोप रुसको स्वास्थ्य मन्त्रालयमा दर्ता गरेको थियो ।
मानव एडिनोभाइरल भेक्टर प्लेटफर्ममा आधारित कोभिड(१९ विरुद्धको विश्वमा दर्ता भएको पहिलो खोप भएकोसमेत दाबी गरिएको छ । ४ सेप्टेम्बरमा, ’स्पुतनिक भी’ पहिलो र दोस्रो चरणको क्लिनिकल परीक्षणको नतिजाबारेमा ल्यान्सेट जर्नलमा प्रकाशित गरिएको थियो । यसअघि रुस राष्ट्रपति भलाद्मिर पुटिनले यो खोप आफ्नी छोरीलाई पनि लगाइसकेको बताएका थिए । (एजेन्सी)