इटहरीः अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले कोरोना भाइरसबाट संक्रमित तथा ज्यान गुमाउनेको संख्या लुकाएको आरोप लगाएका छन् ।

राष्ट्रपतीय चुनावका दौरान ट्रम्प आज बुधबार आफ्ना प्रतिष्पर्धी जो बाइडनसँग स्वास्थ्य, न्याय, नस्लीय भेदभाव र अर्थव्यवस्थाजस्ता अलग–अलग मुद्दाहमाथि बहस गरिरहेका बेला उनले यस्तो आरोप लगाएका हुन् ।

क्वाड गठबन्धनमा भारतलाई सरिक गराउँदै कोरोना महामारीलाई लिएर चीनविरुद्ध खनिएका ट्रम्पले अहिले आफ्नो निशाना भारततर्फ तेर्साएका छन् । ट्रम्पले अमेरिकामा भन्दा भारत, रुस र चीनमा धेरै संक्रमितको मृत्यु भएका, तर वास्तविक आंकडा लुकाइएको बताएका बीबीसी हिन्दीले जनाएको छ ।