इटहरीः सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा हिजो शुक्रबारसम्म थप १४ जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
इटहरी उपमहानगरपालिकाको तथ्याङ्क अनुसार संक्रमित हुनेहरुमा इटहरी–२ का एक जना ३३ वर्षीय पुरुष, इटहरी–४ का एक जना १२ वर्षीय बालक, इटहरी–५ का एक जना ३८ वर्षीय पुरुष, इटहरी–६ का ४५ र ५२ वर्षीय गरी दुई जना पुरुष, इटहरी–९ का एक जना ३१ वर्षीय पुरुष, इटहरी–१७ का एक जना ३६ वर्षीय पुरुष, इटहरी–२० की एक जना ३८ वर्षीया महिला, रामधुनी नगरपालिकाका एक जना ४१ वर्षीय पुरुष तथा स्वैच्छिक रुपमा स्वाब संकलन गराएकामध्ये इटहरी–७ की एक जना ३० वर्षीया महिला, इटहरी–१३ का एक जना ९२ वर्षीय पुरुष र इटहरी–१७ का ३२ र ४८ वर्षीया महिला तथा ५९ वर्षीय पुरुष गरी तीन जना रहेका छन् ।
संक्रमितमध्ये इटहरी–१३ का एक जना ९२ वर्षीय पुरुषको अस्पताल लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । यससँगै हालसम्म हालसम्म इटहरीमा जम्मा पाँच सय ४५ जनामा संक्रमण पुष्टि भई चार जना संक्रमितको मृत्यु भएको इटहरी उपमहानगरपालिकाका प्रेस सल्लाहकार लिलाराज भट्टराईले जानकारी दिए ।