इटहरीः विश्वमा कोरोना संक्रमितको संख्या चार करोड ८९ लाख ९३ हजार एक सय ३९ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्रमा पाँच लाख ८६ हजार आठ सय चार जना नयाँ बिरामी थपिए । १२ लाख ३८ हजार सात सय २८ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । एकै दिन आठ हजार छ सय १९ जनाको मृत्यु भयो । तीन करोड ४९ लाख ५५ हजार ५४ जना उपचारपछि घर फर्किएका छन् । एक करोड २७ लाख ९९ हजार तीन सय ५७ जना उपचाररत रहेकोमा ८९ हजार नौ सय ६३ जनाको अवस्था चिन्ताजनक छ ।

संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख आठ हजार छ सय ६० जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै त्यहाँ संक्रमितको कुल संख्या ९९ लाख नौ हजार नौ सय ७८ पुगेको छ । राष्ट्रपतीय निर्वाचनका क्रममा भएका जमघटजन्य गतिविधिले अमेरिकाको संक्रमण दरमा व्यापक वृद्धि गरेको हो । अमेरिकामा संक्रमणका कारण पछिल्लो २४ घण्टामा एक हजार ६३ जनाको मृत्यु भएपछि हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या दुई लाख ४० हजार आठ सय ९२ पुगेको छ । हालसम्म ६३ लाख ३४ हजार सात सय ५१ जना निको भएको अमेरिकामा हाल ३३ लाख ३४ हजार तीन सय ३५ जना संक्रमितको उपचार जारी छ । जसमध्ये १८ हजार ७४ जना गम्भीर अवस्थाका रहेका छन् ।

यसैगरी, संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुकहरुको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार छ सय २२ जना नयाँ संक्रमितको पहिचान भएसँगै संक्रमितको कुल संख्या ८४ लाख ११ हजार ३४ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ६ सय ७५ जनाले ज्यान गुमाएपछि संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक लाख २५ हजार २९ पुगेको छ । भारतमा हालसम्म निको हुने संक्रमितको कुल संख्या ७७ लाख ६४ हजार सात सय ६३ रहेको छ । त्यहाँ हाल पाँच लाख २१ हजार दुई सय ४२ जना जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार नौ सय ४४ जनामा गम्भीर लक्षण देखिएको छ ।

यस्तै, ब्राजिलमा पछिल्लो २४ घण्टामा २३ हजार तीन सय १७ जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै कुल संक्रमितको संख्या ५६ लाख १४ हजार दुई सय ५८ पुगेको छ । संक्रमितमध्ये पछिल्लो २४ घण्टामा ६ सय नौ जनाको ज्यान गएपछि संक्रमणबाट मृत्यु हुनेको कुल संख्या एक लाख ६१ हजार सात सय ७९ पुगेको छ । त्यहाँ निको हुने संक्रमितको कुल संख्या ५० लाख ६४ हजार तीन सय ४४ रहेको छ भने हाल तीन लाख ८८ हजार एक सय ३५ जनाको उपचार जारी छ । उपचाररतमध्ये आठ हजार तीन सय १८ जनामा गम्भीर लक्षण देखिएको छ । एजेन्सी