इटहरीः पछिल्लो २४ घण्टामा विश्वमा ८ हजार ७६८ कोरोना संक्रमितको मृत्यु भएको छ ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ लाख ३२ हजार ४१८ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । पछिल्लो २४ घण्टामा विश्वमा ५ लाख ४९ हजार ९४६ कोरोना संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ करोड ६४ लाख २२ हजार ५८ पुगेको छ ।

कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा कोरोनामा कारण पछिल्लो २४ घण्टामा २ हजार ३०३ जनाको मृत्यु भएको छ । यो सँगै अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ लाख ७८ हजार ८०६ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांक छ । पछिल्लो २४ घण्टामा अमेरिकामा २ लाख ५ हजार ८३७ कोरोना संक्रमित थपिएका छन् । अमेरिकामा हालसम्म १ करोड ४३ लाख ९७ हजार १३५ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ ।

यसैगरी संक्रमणबाट बढी प्रभावित मुलुकहरुको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ४० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार भारतमा हालसम्म कोरोना संक्रमणका कारण १ लाख ४० हजार ५७३ जनाको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३९१ कोरोना संक्रमितको मृत्यु भएको तथ्यांक छ । सोही अवधीमा ३२ हजार ९८१ संक्रमित थपिएका छन् । भारतमा कोरोना संक्रमितको कुल संख्या ९६ लाख ७७ हजार २०३ पुगेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।