इटहरीः पछिल्लो २४ घण्टामा विश्वभर छ लाख ११ हजार छ सय २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यससँगै विश्वमा कोरोना संक्रमितको कुल संख्या छ करोड ९१ लाख ८० हजार नौ सय ८१ पुगेको विश्वका कोरोना संक्रमितको अभिलेख राख्ने वेबसाइट वल्र्डोमिटरले जनाएको छ । पछिल्लो २४ घण्टामा विश्वका ११ हजार आठ सय ८९ जना संक्रमितको ज्यान गएपछि विश्वभर मृतक संक्रमितको कुल संख्या १५ लाख ७४ हजार चार सय १८ पुगेको छ । हालसम्म विश्वमा चार करोड ७९ लाख ४० हजार नौ सय ५५ जना कोरोना संक्रमित निको भएका छन् भने एक करोड ९६ लाख ६५ हजार छ सय आठ जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये एक लाख छ हजार दुई सय १० जना संक्रमितमा गम्भीर लक्षण देखिएको छ ।
कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रभावित मुलुक अमेरिकामा पछिल्लो २४ घण्टामा एक लाख ९९ हजार एक सय ६६ जनामा संक्रमण देखिएको छ । यससँगै अमेरिकाभर संक्रमितको कुल संख्या एक करोड ५७ लाख ९२ हजार पाँच सय १२ पुगेको छ । संक्रमितमध्ये ९१ लाख ९८ हजार ४४ जना निको भएका छन् । हाल अमेरिकामा ६२ लाख ९८ हजार एक सय पाँच जना संक्रमितको उपचार जारी छ । उपचाररतमध्ये २७ हजार आठ जना संक्रमित गम्भीर लक्षणसहितका रहेका छन् । विगत २४ घण्टामा अमेरिकाका दुई लाख नौ हजार ४० जना संक्रमितको ज्यान गएको गएको छ । यससँगै त्यहाँ संक्रमणबाट ज्यान गुमाउनेको संख्या दुई लाख ९६ हजार तीन सय ६३ पुगेको छ ।
यसैगरी, संक्रमणबाट बढी प्रभावित मुलुकको सूचिमा दोस्रो स्थानमा रहेको भारतमा २४ घण्टाभित्र २६ हजार तीन सय ५१ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको कुल संख्या ९७ लाख ६२ हजार तीन सय २६ पुगेको छ । भारतमा निको हुने संक्रमितको संख्या ९२ लाख ४४ हजार पाँच सय पाँच रहेको छ भने मृतक संक्रमित एक लाख ४१ हजार सात सय ३५ जना पुगेका छन् । हाल भारतभर उपचाररत रहेका तीन लाख ७६ हजार ८६ जना संक्रमितमध्ये आठ हजार नौ सय ४४ जना गम्भीर लक्षणयुक्त संक्रमित रहेका छन् ।
यसैगरी, संक्रमणबाट बढी प्रभावित मुलुकहरुको सूचिमा तेस्रो स्थानमा रहेको ब्राजिलमा २४ घण्टाको अवधिमा ५४ हजार दुई सय तीन जना नयाँ संक्रमितको पहिचान भएको छ । यससँगै त्यहाँ कुल ६७ लाख ३० हजार एक सय १८ संक्रमित भएका छन् । ब्राजिलमा एकैदिन आठ सय ४८ जना संकमितले ज्यान गुमाएका छन् । यससँगै मृतक संक्रमितको कुल संख्या एक लाख ७९ हजार ३२ जना पुगेको छ । संक्रमितमध्ये ५९ लाख एक हजार पाँच सय ११ जनाले कोरोना परास्त गरेका छन् भने ब्राजिलभर हाल छ लाख ४९ हजार पाँच सय ७५ जना संक्रमितको उपचार जारी छ । जसमध्ये आठ हजार तीन सय १८ जना गम्भीर लक्षणसहितका बिरामी रहेका छन् ।