अर्जुन राज पन्त
हल्लिएन पात त्यो पक्कै नलाइकन हावा
लाजै लाग्दा बापत कान्ड अनेक थरी बाबा ।

नव बुद्ध,अघोरी र शीद्ध अनेक थरी ।
थरी -थरी महीला कान्ड अहिले जगत भरि ।

शीद्ध हो कि गिद्ध हो त्यो बाबा नाामधारी ?
तुलसी माला बोक्नि हातमा भक्तिनीका सारी ।

आश्रम हो कि बेश्यालय कस्तो खालको कार्य ?
बर्षौ देखि राशलिला कस्तो बह्र्मचार्य ।

कोहि भन्छ बाल बुद्ध कोहि भन्छ शीद्ध ।
रामनामीको खोल ओडेर बस्या हुन कि गिद्ध ।

गेरुधारी बश्त्र ओडि प्रचार भक्ति भाबको
सम्मोहनको जालमा पारि खेला रती रागको ।

कुन बिद्ध्याको शीद्धि हो त्यो क्यारि तिनले पाए ?
गरिखान गार्हो भो कि यस्तो जुक्ति लाए ।

जोगी हुन कि ढोगी हुन् ति बाबा नामधारी ?
ठगी खान पल्किएका पृथ्वीका भारि ।

नजानेको केहि छैन सर्बज्ञ रे उनि
गाँजा तानि गफ लडायो लगाइ शिब धुनि १

भैंसी दानको बिधि देखि निसन्तानको खोजि
गरेकै छ सबै कृत्य मान्छे रोजि- रोजि ।

शक्ति केन्द्र रिझाएर जङगल कब्जा गरि
खडा गरि आश्रम त्यहाँ गर्यो मन परि ।

जब पोल्छ असतीलाइ पापले भित्र – भित्र
आशिष लिन्छन् त्यहिँ बाबाको बन्दै ठूलो मित्र१

यस्ता सङ्ग आशिष लिँदा कस्तो मती आउला ?
सुबुद्धिले बास गर्ला कि कुबुद्धिले छाउला १

गुरु त्यस्ता रै छन् र पो शिस्य त्यस्ता भए ।
मध्य रातमा रक्सि बोकि कान्ड गर्न गए ।

ब्यबहार सङ्गै नजर पनि ठ्याक्कै रै छ गिद्ध
फेर्दिउ क्यारे नाम पनि शीद्धबाट गिद्ध ।

(अर्जुन राज पन्त,बागलुङ मुलपानी
(ब्यङ्ग्य कवि पन्त पहिलो ब्यङ्ग्य काब्य “कोइली”का लेखक समेत हुन)ई नेप्पलिज डटकमबाट