काबुलः अफगानिस्तानमा एक जना महिला पत्रकारलाई गोली प्रहार गरी हत्या गरिएको छ ।
हत्या गरिएकी पत्रकार पुर्वी अफगानिस्तानको एक सञ्चारगृहमा कार्यरत रहेकी थिइन् । जलालाबादमा गाडीमा चढेर काममा गइरहेको बेला मलाला माइवन्दमाथि हतियारधारीले आक्रमण गरी हत्या गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
आतङ्ककारी आक्रमणमा परी माइवन्दसहित उनका सवारी चालक मोहम्मद ताहिर पनि मारिएका छन् । हालसम्म घटनाको जिम्मेबारी कसैले लिएको छैन । माइवन्द एनिकास टीभी एन्ड रेडियोमा कार्यरत थिइन् । -एजेन्सी