काठमाडौँः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठबीच प्रतिनिधि सभा विघटनको मुद्दामा बहसको समयलाई लिएर विवाद भएको छ ।

श्रेष्ठले आफूलाई बहसका लागि पाँच घण्टाको समय मागेका थिए ।

रमणको प्रतिवाद गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले – कसैलाई पनि समय नतोक्ने कि वरिष्ठलाई? भनेर सोधेका थिए ।

जवाफमा रमणले ( रिपिट भयो भने मात्र आफूलाई रोक्न अन्यथा समय दिन आग्रह गरेका थिए ।

तर प्रधानन्यायाधीश जबराले ’भन्दा अप्रिय होला भन्दै बहस नोट दिन’ सुझाए ।

त्यसपछि रमणले आफूले विषयवस्तु नदोहो¥याइकन बहस गर्ने उल्लेख गर्दै कुनै विषय दोहोरिए मात्र रोक्न पुनः आगह गरे ।

दुईबीचको विवादको स्वर उँचो भएपछि विवादको स्वरूप लिएको थियो ।

प्रधानन्यायाधीश जबराले ’तपाईंलाई पाँच घण्टा दिने हो भने अरूलाई के दिने?’ भनेर सोधेका थिए ।

रमणले पाँच घण्टामा आफ्नो अडान कायमै राखे ।

प्रधानन्यायाधीश राणाले विषयवस्तुको बहस गर्दा बीचमा रोक्न नसकिने बताए ।

जवाफमा रमणले ’सबै बहस पुगेको छ भने म बस्छु’ भन्दै घुर्की लगाए ।

रमणको घुर्कीपछि प्रधानन्यायाधीश जबरा थप आक्रोशित भए ।

’तपाईंका कुरा धेरै होला । तपाईंहरू यति विद्धान हुनुहुन्छ कि तीन महिना पनि लगाउनुहोला । तीन वर्ष पनि लगाउनुहोला’, राणाले भने, ’हाम्रो समय त निश्चित छ । समयमा किनारा गर्नुपर्छ ।’

त्यसपछि रमणले ’म निवेदन गर्छु । रिपिट भए रोक्नुहोला’ भन्दै आग्रह गरे ।

प्रधानन्यायाधीश राणाले अन्य अधिवक्ताहरूलाई समेत १० देखि १५ मिनेटको समय निर्धारण गरिएको उल्लेख गर्दै पाँच घण्टा दिन नसकिने बताए ।

’एक घण्टा दिन्छौं’, प्रधानन्यायाधीश जबराले भने ।

रमणले जवाफ फर्काए ( ’एक घण्टा हुँदैन ।’

त्यसपछि प्रधानन्यायाधीश जबराले समय निर्धारण वकिलले गर्ने हो भने आफूहरूको नियन्त्रणबाहिर जाने बताए ।

’यसरी बहस हाम्रो नियन्त्रणबाट बाहिर जान्छ । यस्तो हुँदैन’, जबराले भने, ’तपाईंले यसो भनेपछि अरू साथीलाई कसरी रोक्ने ।’

त्यसपछि अर्का न्यायाधीशले बीचैमा आज सक्नुहुन्छ? भन्दै प्रश्न गरे ।

रमणले जवाफ दिन नपाउँदै प्रधानन्यायाधीश राणाले इजलासको नेतृत्व आफूले गरिरहेको बताए ।

’मैले लिड गरेको छु । स्वीकार गर्नुहुन्छ भने एक घण्टा छ स्वीकार्नुस्’, जबराले भने, ’होइन भने जति अपजस लिनुपर्छ तपाईंहरूले लिनुपर्छ ।’

रमणले समय नपुग्ने दोहोर्याए । उनले ठ्याक्कै समय नतोक्न आग्रह गरे ।

’१ घण्टा नभनौं’, रमणले भने, ’कति जान्छ म विषयवस्तु राख्छु ।’

रमणले आवश्यकताका आधारमा आफ्नो बहसको समय निर्धारण गर्न आग्रह गरे । तर प्रधानन्यायाधीश राणाले ’आवश्यक र नआवश्यक नभन्ने’ बताए ।

उनले एक घण्टामै बहस सक्न भने ।

कति जान्छ समय भन्दै रमणले बहस सुरू गरेका छन् ।

उनले बहसको सुरूआतमै प्रतिनिधिसभा विघटनका लागि राष्ट्रपति समक्ष सिफारिस गरिएको सक्कल कागजात खोजे ।

सरकारले सक्कल फाइल मगाउँदासमेत प्रमाणित कपिमात्र पठाएको बताए । साथै अदालतको आदेशविपरीत कागज मात्र फिर्ता लगिएको बताए ।

मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीको पनि हस्ताक्षर भएको विषय पनि रमणले उठाए । उनले राजपत्र पनि पुरानो मितिमा छापिएको उल्लेख गर्दै त्यसलाई हेर्न आग्रह गरे । -सेतोपाटीबाट