जाडोयाममा हिँउ पर्दा प्रायः मानिसहरुले रमाइलोका लागि सामान्य ‘स्नोम्यान’ (मान्छे आकारको मूर्ति) बनाउने गर्दछन् तर अमेरिकाको कालोराडोस्थित एक परिवारले ‘स्नो आर्ट’ लाई अर्कै स्तरमा पुर्याएको छ ।
हिउँले बनेको सो सर्पको मूर्ति देखेर अहिले त्यहाँसबै चकित परेका छन् । त्यसको निर्माण गर्न, मर्न मोसले र उनको परिवारका अन्य पाँचजना सदस्यलाई दश घण्टाको समय लागेको थियो । अहिले स्थानीयले उनीहरुको अधिक प्रशंसा गरिरहेका छन् भने सामाजिक संजलामा पनि यसबारे निकै चर्चा भइरहेको छ । २०१९ मा पनि उनको परिवारले हिउँबाट बाघको मूर्ति निर्माण गरेको थियो जसलाई स्थानीय मिडियामा अधिकतम शेयर गरिएको थियो । उक्त सर्पको मूर्ति ७७ फिट लामो रहेको छ र उनकी आमाको घरको बगैँचा अगाडि राखिएको छ । टाढाबाट हेर्दा असली सर्प जस्तै देखिने सो मूर्ति बनाउने प्रक्रिया मोसलीले सामाजिक संजालमा पनि पोस्ट गरेका छन् ।
यसमा उनले ‘स्प्रे पेन्ट’ को प्रयोग गरि रङ अनि ‘सेडिङ’ मिलाएका हुन् । बीबीसीसँग कुरा गर्दै उनले भने, “मेरो बुवाले पहिला म सानो छँदा सँगै बसेर यस्तो बनाउने गर्नुहुन्थयो । त्यसैले हामीले पनि तिनै यादलाई ताजा गर्न बेलाबेला यस्तो बनाएर रमाइलो गर्ने गर्छौँ । उनका छिमेक सहित बाटोमा हिँड्ने सबैका लागि अहिले सो मूर्ति आकर्षणको केन्द्र बनेको छ । मोसलेले भने, “सबै यहाँ तस्बिर खिच्नका लागि एकछिन भएपनि रोकिने गर्छन् ।” उनको फेसबुक पेजमा पनि धेरैले सो मूर्ति देखेको भनि उनको परिवारको प्रशंसा गरेका हुन् । एकजनाले कमेन्टमा लेखेका छन्, “अर्को वर्ष यो भन्दा राम्रो कस्तो मूर्ति बनाउनुहुनेछ भनेर हामी अधिक उत्साहित छौँ ।” -बीबीसीबाट