थाइल्यान्ड भ्रमणमा जाने पर्यटकले अब कोरोना भाइस सम्बन्धी दुई हप्ताको अनिवार्य क्वारेन्टिन याच अर्थात ‘लक्जरीयस जहाज’ मा बिताउन पाउनेछन् ।

सरकारले यो नयाँ सेवाले देशमा ५ करोड ८० लाख डलर बराबर आम्दानी गराउन सक्ने अपेक्षा गरेको छ । महामारीका कारण नराम्ररी क्षति पुगेको देशको संघर्षरत् अर्थतन्त्रलाई उकास्ने लक्ष्यसहित यो नीति ल्याइएको हो । यसअघि जनवरीमा पनि यस्तै किसिमको सेवामा पर्यटकलाई गल्फको कोर्समा क्वारेन्टिन समय बिताउन दिइएको थियो । थाइल्यान्ड पर्यटनमै निर्भर राष्ट्र हो तर गत वर्ष कोरोना भाइरसका कारण पर्यटक सीमित गरिएको थियो ।

याच क्वारेन्टिन कार्यक्रमबारे सोमबार घोषणा गरिएको हो । यसमा कोरोना नेगेटिभ भएका आगन्तुकहरुले फुकेटस्थित सानो क्रुज शीप या याचमा आरामदायक समय बिताउन पाउनेछन् । महामारीका कारण फुकेटमा दैनिक पर्यटकको सङ्ख्या पचासौँ हजारबाट केबल सयमा झरेको छ । यो कार्यक्रम परीक्षण गर्न अहिले ट्रायल पनि सुरु गरिएको छ जसमा हाल एक सयवटा जहाजलाई सहभागी गराइने भनिएको छ । त्यस्तै याचमा सवार सबैले आफ्नो नाडीमा एउटा ब्यान्डम लगाउनुपर्ने हुन्छ जसले शरीरको तापमान अनि रक्तचाप लगायतबारे जानकारी राख्नेछ । सो डिभाइसले समुद्रबाट पनि डाटा पठाउन मिल्ने सरकारले जनाएको छ । गत अक्टोबरदेखि थाइल्यान्डले बिस्तारै सिमाना खुलिरहेको छ । होटल क्वारेन्टिन चिआङ माइ, फुकेट, कर्बीलगायत चर्चित पर्यटकीय स्थलहरुमा आगामी अप्रिल या मे महिनामा सुरु गर्ने भनिएको छ । -बीबीसीबाट