द्वारिकलाल चौधरी
मेयर, इटहरी उपमहानगरपालिका

मेरो दिनको शुरुवात बिहान मर्निङवाकबाट हुन्छ । त्यसपछि योगा गरी घरको गोठमा पुग्छु । गोठको काम सकेर म पत्रपत्रिका पढ्दै खाजा, खाना खाएर जनताको काममा निस्कन्छु । कहिलेकाहीँ बिहानै पनि निस्कनुुपर्छ ।

मैले आफ्नो निर्वाचन अघिका एजेण्डा बिर्सेको छैन । म ती एजेण्डाहरू सिरानीमा राखेर सुत्ने गर्छु । सिरानीमा राख्ने मात्र होइन, हरेक दिन हेर्ने गर्छुु । जनतामाझ बोलेका कुरा पूरा गर्नुुपर्छ भनेर आजकल म बिहानैदेखि गाउँगाउँका जनताको कुरा बुुझ्न जाने गरेको छु । उहाँहरूबाट आएका गुनासोलाई सम्बोधन गर्नुुपर्छ भन्ने लागेर नै जनताको घरदैलोमा जाने गरेको हो ।

नगरले पारित गरेका नीति योजनाबाट जनताले अधिकतम लाभ उठाउनुुपर्छ भन्ने बारेमा म सचेत छु । मेरो टिममा सबै जना सतर्क छौँ ।

शहरको विकास एकैपटक सम्भव छैन । यदि त्यसो भयो भने पनि त्यसको आयु धेरै दिन हुँदैन । पानी उम्लिन पनि निश्चित तापक्रम चाहिन्छ । अहिले इटहरीको विकासका लागि पानी तातिरहेको छ । यसले निश्चित समयपछि आकार लिन्छ । थोरै समयमा शहरको पूर्वाधार तयार हुँदैछ, विस्तारै पूर्वाधार तयार हुने क्रम जारी छ ।

इटहरी जङ्गलभित्रको शहर हुँदैछ
इटहरीलाइ हरित नगरी भनियो । सडक चौडा बनाउँदा रुख काट्नै प¥यो । केही आलोचना पनि भयो । तर, आलोचना भयो भनेर काम नगरी बस्ने कुरा पनि भएन । हामी यो शहरलाई जङ्गलभित्रको बजार क्षेत्र बनाउने योजनामा छौँ ।

बजारबाट खरिद गर्दा महङ्गो हुन्छ भनेर आफँै बिरुवा उमार्ने कार्य हुँदैछ । बिरुवा संरक्षणका लागि बाँसको टोकरी बनाउने योजना छ । सडकको दायाँबायाँ बिरुवा रोप्ने कार्य अनिवार्य हुन्छ । छतमा, कौसीमा, बरण्डामा हरियाली कायम गर्न अनिवार्य गरिनेछ । सार्वजनिक खालि जग्गामा अनिवार्य रुख रोपिन्छ ।

सार्वजनिक शौचालयको शिलान्यास चाँडै
शौचालयको समस्या पनि छ । सार्वजनिक शौचालय भएन भनेर तीव्र आलोचना भइरहेको थाहा नपाएको होइन । घुम्ती शौचालय सफल नभएको हुँदा त्यो हामीले योजनामा पारेनौं ।

सार्वजनिक शौचालयका लागि सार्वजनिक जग्गा चाहिन्छ । ४, ५ ठाउँमा नयाँ सार्वजनिक शौचालय शिलान्यास हुँदैछन् । सडकको क्षेत्राधिकारभित्र रहेको जग्गा छाडिसके पछि बाँकी रहेको जग्गामा हामी शौचालय बनाउँछाँै । यसो गर्न धेरै समय लाग्ने छैन अब ।

सार्वजनिक जग्गा थुुप्रै छन्
इटहरीमा धेरै सार्वजनिक जग्गा छन् । मठमन्दिर भएको र भूमाफियाले ओगटेको प्रशस्त जमिन इटहरीमा छ । म यसको सुक्ष्म अध्ययन गरिरहेको छु । म चुप लागेँ भनेर आलोचना भयो होला । तर, भित्रभित्र के हुँदैछ त्यो मलाई मात्र थाहा छ । म परिणाममुखी कदम चाल्दैछु ।

पैनीमा ठूलाबडा भनाउँदाले महल बनाएका छन् । सवारी जाँदैन । मनिसले काम गर्न कठिन छ । कठिन भए पनि हामीले काम गर्दै आएका छाँै ।

सार्वजनिक धारामा स्वच्छ पिउने पानी
अब चोकमा पानी किनेर खानुपर्ने बाध्यता पर्दैन । सार्वजनिक धारामा पानी आउन ८ महिना पनि लाग्दैन । बटुवा र पर्यटकले सार्वजनिक धारामा स्वच्छ पानी पिउन सक्छन् । त्यो दिन टाढा छैन । काम अघि बढिसक्यो ।

पुराना वाइरिङ आगलागीका कारक
आगलागी कम गराउनका लागि पुराना वाइरिङ चुुनौती छन् । आगो लाग्नबाट जोगिन व्यापारिक भवनमा आगो निभाउने सिलिण्डर ग्यास राख्नुपर्छ । अर्को दमकल थप्ने तयारी पनि रहेको छ । प्रदेश सरकारको पनि हरेक स्थानीय सरकारभित्र एउटा दमकल र एम्बुलेन्स दिने नीति कार्यक्रममा रहेको छ । त्यो हामी पाउँछाँै । केही राहत मिल्छ ।

जङ्गलमा फोहोर फाल्नु बाध्यता
जङ्गलमा फोहोर फाल्नु हाम्रो बाध्यता हो । ल्याण्ड फिल साइटका लागि जग्गा तयारी छ । टहरा पनि निर्माण भइसकेको छ । तर, प्लान्ट जडान गर्ने काम निजी क्षेत्रको जिम्मामा थियो त्यो इमानदारीपूर्वक भएको छैन । अब हाम्रो निगरानी यसतर्फ भइरहेको छ । हामी चाँडै यो काम सक्छौँ । अब जङ्गलमा फोहोर फाल्नु पर्दैन । हामी फोहोरबाट ग्यास र मल बनाउने योजनामा छौं ।

मेयर चौधरीले इटहरीको नमस्ते एफएमका लागि पत्रकार सुमन भट्टराईसँग गरेको कुराकानीको सम्पादित अंश ।