इटहरी निवासी पूर्वअन्तर्राष्ट्रिय खेलाडी सुरेन्द्र तामाङ अब प्रशिक्षकको भूमिकामा

  • श्रावण २७, २०७८
  • ४१५८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

इलामः राष्ट्रिय फुटबल टिमका पूर्व स्ट्राइकर सुरेन्द्र तामाङ बुद्धभूमि फुटबल एकेडेमीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् ।

रुपन्देहीको बुद्धभूमिले सहिद स्मारक ’सी’ डिभिजन लिग छनौट प्रतियोगिताका लागि सुरेन्द्रलाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको हो ।

एएफसी ’बी’ लाइसेन्स प्राप्त सुरेन्द्रले ’सी’ छनौट खेल्ने क्लब पहिलो पटक सम्हाल्न लागेका हुन् ।

‘पहिलो इनिङ खेलाडीको रुपमा देश र क्लबका लागि आफुले सक्ने योगदान दिएको थिए । अब दोश्रो इनिङ प्रशिक्षकको रुपमा समेत आफुलाई अब्बल सावित गर्ने कोशिस गर्नेछु ।’ सुरेन्द्रले भने ‘पहिलो पटक लिगमा प्रशिक्षकको जिम्मेवारी सम्हाल्दा खुशी नै लाग्छ यत्रो बर्षपछि काम गर्ने अवसर पाए त्यसमा उत्साहित छु । डेढ दशक लामो खेलाडी करियरमा सिकेका कुराहरुलाई परिस्कृत गर्दै खेलाडीहरुमा प्रयोग गर्नेछु ।’

उनले पारिश्रमिक बारेमा खुलाउन चाहेनन् ।

४ वर्षअघि ’बी’ लाइसेन्स पाएका सुरेन्द्रले यसअघि स्थानीय क्लब र कलेजमा फुटबल तथा फुटसलको प्रशिक्षण दिनुका साथै बिग बार एन्ड ग्रील नामका कफि रेष्टुरेन्टसमेत सञ्चालन गर्दै आएका थिए ।

इटहरीका स्थायी बासिन्दा सुरेन्द्रले ५ वर्ष राष्ट्रिय टोलीमा रहँदा ११ क्याप जितेका छन् ।

२०५७ सालबाट थ्री स्टारमा १० वर्ष बिताएका सुरेन्द्रले ५ वर्ष कप्तानी समेत गरेका थिए ।

शहीद स्मारक ’ए’ डिभिजन लिगमा ५० गोलको कोसेढुंगा पूरा गर्ने मनाङ मस्याङदीका बसन्त थापापछि सुरेन्द्र दोस्रो खेलाड समेत हुन् ।

१८ वर्ष फुटबलमा बिताउँदा सुरेन्द्रसँग दक्षिण एसियाली मुलुक बाहिर उत्तर कोरिया, ओमन, भियतनाम लगायतका देशबिरुद्ध समेत खेलको अनुभव बटुलेका छन् ।

सन् २०१३ को १ मेमा भएको भारतको मोहन बगान र थ्री स्टार क्लबको मैत्रीपूर्ण खेलपछि खेलाडी करियर अन्त्य गर्दै उनी प्रशिक्षकतर्फ अघि बढेका थिए । -खेलपाटीबाट

प्रतिक्रिया दिनुहोस

खतरा महसुस हुनेबित्तिकै खबर गर्नुहोस्: प्रहरी

काठमाडौँः नेपालीहरूको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ । चाडपर्वमा ...

बेन्च–बार द्वन्द्व स् सर्वोच्चले माग्दा बारले एमिकस क्युरी नै पठाएन

काठमाडौँः सर्वोच्च अदालतले संवैधानिक इजलासको संरचनाका विषयमा परेको रिटमा एमिकस क्युरी मागेकोमा नेपाल ...

गुगलले ल्यायो हावामा इन्टरनेट

कम्पनी गुगल, हावामा प्रकाशको किरण मार्फत उच्च गतियुक्त ‘हाइ–स्पीड इन्टरनेट’ सेवा ल ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: [email protected]
  • प्रधान सम्पादक: राजेश विद्रोही
  • प्रबन्धकः देवान किराती
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • फाेटाे पत्रकारः गुरू ढकाल, वुलेट खतिवडा
  • मार्केटिङ प्रमुखः देवराज पुरी
  •   ९८६२३०११३८, ९८१९०३१०६२
  • संवाददाताः कविराज घिमिरे (धनकुटा)
  •   नमिन ढकाल (इलाम)
  •  राजन ठटाल (खोटागं)
  •   बाबुराम वास्ताेला (संखुवासभा)
  • स्वास्थ्य पृष्ठ संयोजकःडा. सुर्यबहादुर पराजुली (एमडी)
  • लोकसेवा पृष्ठ संयोजकः अनिल पोख्रेल (नायब सुब्बा)

Copyright © 2018 / 2021 - pradeshportal.com All rights reserved