इटहरीः अभिनेता आर्यन सिग्देल अभिनित हिन्दी गीत ’मेरे इस दिलपे’ गीतको भिडियो सार्वजनिक भएको छ ।

गीतमा केशव भावुक र भारतीय गायिका तथा कलाकार रिशिता रोयको आवाज रहेको छ भने गायिका स्वयमले आर्यन सिग्देलसँग स्कृन सेयर गरेकी छन् । सशान कंडेलको निर्देशनमा तयार भएको भिडियोले रिलिजसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

2

 

भारतीय केटी र आवारा नेपाली केटाको लभस्टोरीमा तयार पारिएको भिडियो एकदमै उत्कृष्ट बनेको छ । गीतकार सुधा मरहठाको शब्द तथा महेश ज्ञवालीको संगीतमा तयार भएको यो गीतमा विकाश दाहालको सम्पादन तथा बुद्ध थापाको छायांकन रहेको छ । देव केसी ,मोहितोश रोय, अमन लोप्चनको पनि गेस्ट रोल रहेको भिडियोलाई टंक बुढाथोकी अफिसियल च्यानलबाट रिलिज गरिएको छ ।