जनचासोका बिषयमा चुइक्क नबोल्नेलाई कहिलेसम्म ‘सेलेब्रेटी’ मान्नुपर्ने ?

  • पुस ३, २०७८
  • १००७ पटक पढिएको
  • सुबिन बिश्वकर्मा
alt

इटहरीः सेलेब्रेटी या भनौं, कलाकार भनेका को हुन् त ? यहाँबाट सुरु गरौं । कलाकारलाई देशको गौरव भनिन्छ अनि सिनेमालाई समाजको दर्पण । भनेपछि कलाकारहरु समाजको दर्पणका लागि काम गरिने पात्रहरु हुन् । समाजका लागि काम गरिने पात्र । फेरि यहाँनिर प्रश्न उठ्न सक्छ, उसोभा कलाकारको काम के ? खाली सिनेमा मात्र गरिरहनु कलाकारको काम हो ? जरुर हैन्, त्यो कसरी हैन् ? अब यहाँ दुई पुस्ताका दुई चर्चित नेपाली कलाकारको चर्चा प्रस्तुत गरिएको छ ।

पहिलोः राजेश हमाल । हमाल अर्थात थुप्रै नेपालीहरुको ‘आदर्श पुरुष ।’ उनको बारे खोज्दै जाँदा उनि चलचित्र क्षेत्रमा मात्र काम गरेर आदर्श बनेका हैनन् । समाजसँग भावाना जोडिएको छ, उनको । उनि जातिय विभेदको विषयमा कार्यक्रम चलाउँछन् । युवा शसक्तीकरण तथा उत्प्रेरणा सम्बन्धि कार्यक्रममा बोल्छन् पनि । विद्यार्थीहरुको ज्ञान बारे हाजिरी जवाफ कार्यक्रम संचालन गर्दछन् । र, यस्ता थुप्रै विषयहरु जो समाजमा पीडा परेकाहरुको आवाज बोलिदिन्छन् । राजनीतिबारे ज्ञान राख्छन् । त्यसैले त राजेश हमाल नेपालीहरुको कलाकार मात्र हैन्, भावाना पनि हो । कयौं बुद्धिजीवीहरुको पनि आइडल हुन् ,राजेश हमाल ।


दोस्रोः बिपिन कार्की । कार्कीको कुरा गर्नुपर्दा उनका धेरै नेपाली प्रशंसक छन्, उनको जिबन्त अभिनयको प्रशंसक म पनि हो । बिडम्बना उनी जति राम्रो अभिनय गर्छन्, त्यति समाजसँग घुलमिल भइदिएको भए अझ राम्रो हुने थियो । उनी आजसम्म कुनै सार्वजनिक महत्वका विषयमा (फिल्म) बाहेकका जनचासोका विषयमा बोलेको मैले देखेको छैन् । उनको सामाजिक संजालहरु नियाल्दै गर्दा उनका प्रशंसकको पनि चित्त बुझ्दैन् । देशमा भइरहने विभिन्न खाले गतिविधिहरुमा मैले मन पराएको कलाकारले के सोच्छ होला ? भन्ने धारणा सबैको हुन्छ । तर कार्कीले आजसम्म त्यस्तो कुनै समसामयिक विषयमा आफ्नो धारणा प्रस्तुत गरेको पाइदैन् ।
उल्लेखित दुई कलाकारले नेपाली सिनेनगरीको दुई पुस्ताको प्रतिनिधित्व गर्छन् । आफ्नो समयमा धेरै रुचाइएका कलाकार । यसरी भनौं, ‘सेलेब्रेटी वीथ जीरो हेटर्स’ । र, उनीहरूबिचको फरक भनेको व्यक्तित्व हो । हमालले फिल्ममा मात्र काम गरेनन्, हालत समाजसँग भावना जोड्ने काम गरेरगरिरहेका छन् । अतः उनी देशका नायक बने । अर्का अभिनेता कार्की सिफ्र अभिनय गर्छन् । र, प्रशंसक बटुलेका छन् । झट्ट हेर्दा सामान्य देखिएको विषय भएपनि कुनै सार्वजनिक व्यक्तिले सार्वजनिक चासोका विषयमा आवाज बुलन्द गरिदेओस् भन्ने उनका प्रशंसकले चाहाँन्छन् । आजसम्म जनचासोका विषयमा चुइक्क बोल्दैनन् । उनको अभिनयलाई मात्र मन पराईरहेका कार्कीको अभिनय यात्रामा सकिएपछि उनका प्रशंसक यहि रेसियोमा रहि रहलान ?
एकजना यसै क्षेत्रका अनुभवी कलाकार भन्छन् – ‘कलाकारले समाजकै कथामा अभिनय गर्छन् । विभेद, संघर्ष, अन्याय, अत्याचार, शोषण । अभिनय नै उनीहरूको आवाज हो, तसर्थ सामाजिक सञ्जालमा बोलिराख्नुपर्छ भन्ने छैन् ।’
उनको तर्क पनि एकहदसम्म ठिकै होला । तर के, अभिनय र वास्तविक जीवन फरक छैन् र ? अभिनय कर्म मात्र उनिहरूको धर्म हो त ? आफूले आइडल मानेको कलाकारबाट प्रशंसकको अपेक्षा सिने क्षेत्रको काममा मात्र हो त ? यो प्रश्न सधैभरी मन गडिरहने छ ।

Banner-facebook_1639652778

प्रतिक्रिया दिनुहोस

महिला सञ्जालका गतिविधि गाउँगाउँमा पुर्याउन इटहरीकी उपमेयर संगीता चौधरीको आग्रह

इटहरीः इटहरी उपमहानगरपालिकाकी नव निर्वाचित उपमेयर संगीता कुमारी चौधरीले महिला संजालका गतिविधी गाउँगा ...

खेलाडीको विवरण संकलन गर्दै प्रदेश खेलकुद विकास बोर्ड

इटहरीः प्रदेश नम्बर एक सरकारको सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश खेलकुद विकास बोर्डले प् ...

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved