इटहरीः संगीतकार तथा गायक विपिन घिमिरे र गायिका सुजाता केसीले युगल स्वरमा नयाँ लोक शैलीको गीत ‘जाल बुन्यो माकुरीले...’ बजारमा ल्याएका छन् । यो गीतलाई काठमाडौंमा एक मसारोहबीच शुक्रबार साँझ रिलिज गरिएको हो । यो गीतलाई शिब अधिकारीले लेखेका हुन् । जाल बुन्यो माकुरीलेमा संगीत विपिन घिमिरेको र संगीत संयोजन सञ्जय श्रीपालको रहेको छ ।
यो गीतको भिडियोमा दुई जुम्ल्याहा युवा युवतीको अभिनय रहेको छ । जुम्ल्याहा पुरुष मोडल अमर दाहाल, अमृत दाहाल, महिला मोडल प्रिन्सी खतिवडा र प्रिज्मा खतिवडाको अभिनय यसमा रहेको छ । गीतको भिडियोलाई केही रोचक बनाउन पनि आफुहरुले दुई जना जुम्ल्याहा जोडीलाई प्रस्तुत गरिएको गायक विपिनले बताएका छन् ।
लामो समयपछि आफुहरुले फेरीसँगै जोडीको रुपमा भिडियो गर्न पाउँदा जुम्ल्याहा मध्यका मोडल अमृत दाहालले भिडियो रिलिजका क्रममा बताए । आफुहरुको यो भिडियोमा निकै मेहनत गरेको उनीहरुको भनाई थियो ।
रामजी लामिछानेको निर्देेशन तथा कोरियोग्राफीमा तयार भएको जाल बुन्यो माकुरीलेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन् । जसमा मान कृष्ण महर्जनको छायाँकन रहेको छ । गीतलाई राजेन्द्र मोक्तानले कलर करेक्सन गरेका हुन् । यो गीतको भिडियोलाई सुजाता केसीको अफिसियल युट्युव च्यानलबाट रिलिज गरिएको छ ।