बराहक्षेत्र मन्दिरमा ७३ वर्षीया बृद्वाको सुनको चुरा लुट्ने एक युवक पक्राउ

  • माघ १, २०७८
  • १३४२ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

बराहक्षेत्रः माघे संक्रान्तिको अवसरमा शनिवार बराहक्षेत्र मन्दिर पूजाआजा गर्न आएकी धरान ८ की ७३ वर्षीया वृद्धा भोजरानी लिम्बुको सुन लुट्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

लिम्बु मन्दिरमा दर्शन गरी बाहिर निस्किने क्रममा हातमा लगाएको साढे ४ तोला सुनको चुरा लुटिएको उनको छोरा सोमराज लिम्बुले बताए । आमा मन्दिर भित्र पूजा गरेर बाहिर निस्किनेक्रममा हातको चुरा थुतिएपछि चिच्याएकी थिइन् ।
उनैले चुरा थुत्नेलाई हातमा समातेका थिए । सुनको चुरा थुतेर भाग्नेक्रममा नजिकै रहेकी महिला प्रहरीले ती व्यक्तिलाई पक्राउ गरेका थिए । पक्राउ गरिएका पर्सा वीरगन्ज ९ का ३१ वर्षीय गुण्डुकुमार राय यादव रहेका छन् । उनको साथबाट लुटिएको सुनको चुरा फेला नपरेको प्रहरीले बताएको छ ।
इलाका प्रहरी कार्यालय चक्रघट्टीका प्रमुख प्रहरी निरीक्षक पाण्डव राजवंशीका अनुसार सुनको चुरा थुत्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरी इलाका प्रहरी कार्यालय चक्रघट्टी ल्याइसकिएको छ । तर उनको साथबाट सुनको चुरा फेला नपरेको उनले बताए ।
उनका अनुसार पक्राउ परेका व्यक्ति पकेटमार समूहको एक सदस्य हुन सक्ने र उनले चोरेको सुनको चुरा भाग्ने क्रममा साथीहरूलाई पास गरिसकेको हुनसक्छ । पक्राउ परेका व्यक्तिलाई हिरासतमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरी निरीक्षक राजवंशीले बताए ।

प्रतिक्रिया दिनुहोस

गरिमा बैंकको वित्तीय साक्षरता कार्यक्रम इटहरीमा सम्पन्न, एक सय तीस बढीलाई बैंकिङ्ग शिक्षा

इटहरीः नेपाल राष्ट्र बैकबाट ‘ख’ बर्गको वित्तीय कारोबार गर्न इजाजत पाएको गरिमा विकास बैँक ...

शहरका बालेनले जित्दा हारेका अर्का गाउँका बालेन

इटहरीः मधेश प्रदेशको कुनै ठाउँबाट राजधानी पुगेका बालेन्द्र साह इन्जिनियर हुन् र त्यस्तै इन्जिनियर हु ...

कोसी अस्पतालमा फोहोर गर्नेलाई कारवाही, संरक्षण नगर्न दलहरुलाई आग्रह

विराटनगरः कोशी अस्पतालको सुधारको लागि सरसफाईबाट काम शुरु गर्ने अस्पताल प्रशासनले जनाएकोछ । तत्काल गर ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved