इटहरीः सुनसरीका पालिकाका वडाहरुमा नेकपा एसको वडा कमिटी बन्ने क्रम बढीरहेको छ । सो क्रममा सोमबार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ७ को वडा कमिटी गठन भएको छ । अ श्यामकुमार राईको अध्यक्षतामा ५१ सदस्यीय वडा कमिटी गठन भएको हो ।
नेकपा एसका केन्द्रिय सदस्य तथा सुनसरी सह इन्चार्ज केशब प्रसाद तिम्सिनाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रदेश कमिटी सदस्य दुर्गाराज सुब्बा , सुनसरी उपाध्यक्ष तथा प्रदेश कमिटी सदस्य सिताराम पराजुलीले मन्तब्य राखेका थिए ।

271655491_363945105539809_5011182439897877053_n
प्रदेश कमिटी सदस्य प्रमानन्द पौडेल ,जिल्ला कमिटी सचिबालय सदस्य गुरु अधिकारी,माधब बराल,माधब तिम्सिना,सोम ब राई,मोहन श्रेष्ठ,कल्पना पोख्रेल ,मान ब तिगेला,दुर्गा श्रेष्ठ लगायको उपस्थितिमा वडा कमिटी गठन गरि सपथ ग्रहण समेत गराइएको नेकपा एसका केन्द्रिय सदस्य तथा सुनसरी सह इन्चार्ज केशब प्रसाद तिम्सिनाले जानकारी दिए ।
वडा कमिटी गठन कार्यक्रम नेकपा एस बराहक्षेत्र नगरका अध्यक्ष चन्द्र थापा मगरको अध्यक्षतामा सम्पन्न भएको हो । सो कार्यक्रममा सहभागीलाई नगर उपाध्यक्ष शम्शेर बहादुर खत्रीले स्वागत मन्तब्यद्धारा स्वागत गरेका थिए । कार्यक्रमको संचालन नगर कमिटी सह इन्र्चाज पर्शुराम आर्चायले गरेका थिए ।

269709659_634263480956962_4080734293307904876_n