इटहरीः नेपाल राष्ट्र बैंकले निक्षेप तथा कर्जाको व्याजदर बढेता पनि विशेष सहुलियत अन्तर्गत लिइएका पुर्नःकर्जाको व्याजदर भने ७ प्रतिशत भन्दा नबढ्ने प्रष्ट पारेको छ ।

मौद्रिक नितीको अर्धवार्षिक सभिक्षा सार्वजनिक गर्दै बिहिबार केन्द्रिय बैंकले कोभिड १९ को प्रभाव परेका व्यपारिक क्षेत्रलाई प्रदान गरिएको पुर्नःकर्जाको व्याजदर ७ प्रतिशत कायम रहने बताएको हो ।

बैंकमा निक्षेपको अभाव कायम रहेपछि बैंक तथा वित्तिय संस्थाले व्याजदर बढाएसँगै राष्ट्र बैंकले पुर्नःकर्जाको व्याज नबढाउने प्रष्ट पारेको हो । बैंकमा लगानी योग्य पुँजी नभएपछि निक्षेप आकर्षित गर्न बैंकहरुले १२ प्रतिशतसम्म व्याजदर पुर्याएका छन् भने निक्षेप सँगै कर्जाको व्याज पनि बढाउने गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरुले प्रवाह गर्ने बिभिन्न प्रकृतिका कर्जाहरुमध्ये उत्पादनशील क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको व्याजदर अन्य क्षेत्रतर्फ प्रवाह गरिने कर्जाको व्याजदरभन्दा कम हुने गरी फरक पार्न अध्ययन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । अध्ययनको लागि आगामी त्रैमासबाट कुनै एक क्षेत्रमा नमुनाको रुपमा कार्यान्वयन गर्ने र त्यसको प्रभावको आधारमा पुर्ण कार्यान्वयन तर्फ लैजाने राष्ट्र बैंकको तयारी छ ।

तर बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेका अन्य व्यत्तिगत कर्जा , जग्ग प्लटिङ्ग सम्बन्धिको रियल स्टेट कर्जा र व्यत्तिगत हायत पर्चेज कर्जा तथा मार्जिन प्रकृतिको कर्जाको जोखिम भारमा पुनरावलोकन गर्ने केन्द्रिय बैंकको योजना छ । यसले अनुत्पादक क्षेत्रमा प्रवाह हुने कर्जामा जोखिम भार बढाउने संकेत राष्ट्र बैंकले गरेको छ । नेपाल राष्ट्र बैंकले पुर्वाधार विकास बैंकले समेत उर्जा ऋणपत्र जारी गर्नसक्ने गरी इजाजत दिने संकेत गरेको छ ।

त्यसैगरी केन्द्रिय बैंकले कोभिड १९ को प्रभावलाई मध्यनगर गर्दैै बाणिज्य बैंकहरुले आफ्नो आफ्नो विज्ञताको आधारमा तोकिएका क्षेत्रअन्तर्गतका कृषि, उर्जा तथा लघु, घरेलु साना एंवम मझौला उद्यम क्षेत्रमा प्रवाह गर्नुपर्ने कर्जाको सीमासम्बन्धि व्यवस्था पुनरावलोकन गर्ने बताएको छ भने भारतबाट क्रेडिट सुविधामा वस्तु आयात गर्न सकिने विद्यमान व्यावस्थामा पुनरावलोकन गर्ने र गैरआवासीय नेपालीको नाममा परिवत्य विदेशी मुद्रामा खाता खोल्न सकिने सम्बन्धी विद्यमान व्यावस्थामा पुनरावलोकन गर्ने बताएको छ ।