बालिका बलात्कारपछि हत्या घटनाको अधिकारकर्मीद्धारा अनुगमन

  • चैत्र १, २०७८
  • १९८ पटक पढिएको
  • प्रदेश पोर्टल
alt

विराटनगरः अधिकारकर्मीको टोलीले सामूहिक बलात्कारपछि हत्या गरिएकी सुन्दरहरैँचा नगरपालिका–७ की डेढ वर्षीया बालिकाको परिवारलाई मंगलबार भेट गरि घटनाका विषयमा जानकारी लिएको छ ।

गत फागुन २७ गते अपहरण गरी सामूहिक बलात्कार पश्चात हत्या गरिएकी बालिकाको परिवारलाई भेटेर घटनाका विषयमा जानकारी लिएको इन्सेक प्रदेश १ कार्यालय विराटनगरका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए ।

घटनाको विषयमा जानकारी लिएपछि आर्थिक अवस्था कमजोर रहेको पीडित परिवारलाई इन्सेक, माइती नेपाल र आफन्त नेपालले १० हजार रुपियाँ आर्थिक सहयोग गरेका छन् । इन्सेकसहित राष्ट्रिय मानव अधिकार आयोग, सिविन, माइती नेपाल र आफन्त नेपाल लगायतका सामाजिक संस्थाले घटनाका विषयमा प्रहरीले गरिरहेको अनुसन्धान प्रक्रिया र पीडित पक्षले गरिरहेको आन्दोलनका विषयमा जानकारी लिएको छ ।

पीडित परिवारले दोषीलाई कारबाही गर्न पहल गरीदिन अधिकारकर्मीसँग आग्रह गरेको छ । पीडित परिवारसँगको भेटमा अधिकारकर्मीले घटनाका विषयमा मिलापत्रका लागि कोही कसैले दबाब दिएको वा प्रभाव पारेको नपारेको विषयमा जानकारी लिएको छ ।

अधिकारकर्मीले टोलीले पीडित परिवारलाई आर्थिकसहित खाद्यान्न समेत सहयोग गरेको छ । बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सुन्दरहरैँचा नगरपालिका–७ का २५ वर्षीय अजय चौधरी र सोही ठाउँका २८ वर्षीय मिथुन चौधरीलाई फागुन २८ गते गिरफ्तार गरी फागुन २९ गते सार्वजनिक गरिसकेको छ ।

 

प्रतिक्रिया दिनुहोस

धरानका मेयर हर्क साम्पाङको बोल्ड निर्णयः फोहोर गर्नेलाई ऐनअनुसार कारबाही गरिने

धरानः सडकमा जथाभावी फोहोर फाल्नेलाई धराान उपमहानगरपालिकाले कारबाही गर्ने तयारी गरेको छ । मङ्गलबार ब ...

सम्मानसँग स्वास्थ्योपचार पाउने भएपछि खुसी मुद्रामा पूर्वखेलाडी

विराटनगरः आफ्नो जीवनको लामो समय फुटबलमा व्यतित गरेका पूर्वफुटबल खेलाडी हरि खड्का आइतबार विराटनगरमा भ ...

राजस्थानी स्वाद चखाउन इटहरीमा खुल्यो राजस्थानी ढावा

इटहरी: भारतको हरियाणा तथा राजस्थानमा पाइने स्वादिलो खाना सेट ख्वाउन इटहरीमा राजस्थानी ढावा सञ् ...

इष्ट टुरिजम इभेन्ट म्यानेजमेन्ट एण्ड मिडिया प्रालिद्धारा प्रकाशित

प्रदेश पोर्टल डटकम

इटहरी उपमहानगरपालिका, सुनसरी, कोशी, नेपाल

  • कम्पनी दर्ता नं. १९४७९७/०७५/०७६
  • स्थायी लेखा नं. ६०६६४३६५८
  • सूचना विभाग दर्ता नं. ९३०/०७५–०७६
  • प्रेस काउन्सिल दर्ता नं. १७१/०७५–०७६
  • फोन नं.: +९७७ २५ ५८२६९०
  • मोबाइल नं.: +९७७ ९८४२०३७४०२
  • इमेल: pradeshportal@gmail.com
 
 
  • प्रबन्ध सम्पादकः प्रेमप्रसाद बास्तोला
  • प्रबन्धक :शुसिला उप्रेती
  • कार्यकारी सम्पादक :प्रकाश बञ्जरा
  • सह सम्पादक :शिशिर भट्टराई
  • प्रमुख संवाददाता :सुबिन बिश्वकर्मा
  • मार्केटिङ प्रमुख :देवराज पुरी
 

Copyright © 2018 / 2022 - Pradeshportal.com All rights reserved