ब्राजिलियाः ब्राजिलमा मंकीपक्सबाट पहिलोपटक मानवीय क्षति भएको छ । सरकारी अधिकारीहरूले शुक्रबार ब्राजिलमा मंकीपक्सबाट पहिलो व्यक्तिको मृत्यु भएको पुष्टि गरेका हुन् ।

ब्राजिलको दक्षिणपूर्वी मिनाज गेराइस राज्यअन्तर्गत पर्ने बेलो होरिजोन्ट भन्ने ठाउँमा ४१ वर्षीय एक व्यक्तिको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिरामी भएपछि ती व्यक्तिलाई गम्भीर स्वास्थ्य अवस्था रहेको ठानेर उपचार गराइएको भए पनि उपचार सफल हुन नसकेको स्वास्थ्यकर्मीहरूले बताएका छन् । उनलाई क्यान्सरलगायत अरू गम्भीर प्रकृतिका रोगले समेत चापेकाले उपचार सफल हुन नसकेको उनीहरूको भनाइ छ ।

मृत्यु भएका व्यक्तिको परिचय भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । ती व्यक्तिलाई बेलो होरिजोन्टमा रहेको सार्वजनिक अस्पतालमा उपचार गराइएको थियो ।

मिनास गेराइस राज्यका स्वास्थ्य अधिकारीहरूले त्यस प्रदेशमा मात्र ४४ जनामा मंकीपक्सको संक्रमण पुष्टि भइसकेको जनाएका छन् । अरू १३० जनामा त्यसको शंका गरिएको पनि उनीहरूको भनाइ छ । -रासस/सिन्ह्वा

sushma add.