कृष्णनगरः शहरी विकास मन्त्री मेटमणि चौधरीले मुस्लिम समुदायलाई भ¥याङ मात्र नबन्न आग्रह गरेका छन् । 

जामिया सिराजुल उलूम अलसाल्फिया विद्यालयले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री चौधरीले भने, ‘नेपाल राष्ट्र बनेदेखि नै मुस्लिम समुदाय नेपाल प्रवेश गरेको इतिहास छ । प्रवेश मात्र होइन राष्ट्र बनाउन योगदान रहेको छ । तर सधैँ किन भ¥याङ मात्र बन्ने ?’

सिमान्तकृत समुदायले अब नेतृत्व दाबी गर्नुपर्ने बेला आएको बताउँदै शहरी विकास मन्त्रीले थपे, ‘उम्मेदवारी दिनुहोस् । नेतृत्व दाबी गर्नुहोस् ।’ 

299164769_931483984438445_6090937666299858941_n

कार्यक्रममा जामिया सिराजुल उलूम अलसाल्फियाका प्रवक्ता मौलाना मशहूद खाँले मौलानाहरु र प्राथमिकदेखि माध्यमिक तहका विद्यालयहरुलाई दिँदै आएको सरकारी रकम निकै कम भएकाले मदरसा सञ्चालन गर्न अत्यन्त मुस्किल परेको सुनाए । त्यसैगरी, उनले होस्टेल, पर्खाल र भवन मर्मतका लागि शहरी विकास मन्त्रीसमक्ष ध्यानाकर्षण गराएका थिए । 

मन्त्री चौधरीले मदरसाका विभिन्न भवन, होस्टेल, कार्यालय निरीक्षण गर्नुका साथै समस्या समाधानमा विशेष पहलसमेत गर्ने बताए ।