विराटनगरः नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग नक्साल एवं १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको संयुक्त आयोजनामा सञ्चालन भएको १ दिने “१ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी–२०७९” को उद्घाटन सम्पन्न भएको छ ।

१ दिने प्रदेश स्तरिय अपराध अनुसन्धान समीक्षा गोष्ठीको १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पानसमा बत्ती बालेर विधिवत रुपमा उद्घाटन गरेका ह’न् । अपराध अनुसन्धानमा बढेको चुनौतीहरु र समाधानका उपायहरु पत्ता लगाउन अपराध अनुसन्धानमा नयाँ नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेश भित्रका अपराध अनुसन्धान गर्ने एकाईहरुको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरु बीचको अधिकतम परिचालन एवं अन्तरकार्यालय समन्वयको विकास गर्ने उद्देश्यका साथ प्रदेशस्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना भएको हो । 

299309272_7865010350235737_927619320568452664_n

कार्यक्रमका प्रमुख अतिथि आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय केदार कार्कीले पछिल्लो समय अपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गईरहेकोले अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमुलक अपराध अनुसन्धानका निमित्त अनुसन्धानमा प्रयोग हुने स्रोत साधनको व्यवस्थापनमा जोड दिए । यसका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अपराध अनुसन्धान क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिबद्धतासमेत उनले व्यक्त गरे ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले पछिल्लो समय प्रविधिको प्रयोग गरी धेरैजसो अपराधहरु बढिरहेको हुँदा त्यस्ता प्रकारका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरी प्रविधिमैत्री हुनुको विकल्प नरहेको बताए । 

उनले अपराध अनुसन्धानमा प्रमुख तीन स्तम्भका रुपमा रहेका अनुसन्धान, अभियोजन र न्याय निरुपण एक आपसमा समन्वय र सहकार्यमार्फत् मात्र पीडितले न्याय र वास्तविक पीडकले सजाय पाउने कुरामा जोड दिए । यसका साथै उनले अपराध अनुसन्धान क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरु बढी संवेदनशील भई पारदर्शी रुपमा काम गर्ने निर्देशनसमेत दिए ।  यसैगरी, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुलीले अपराध अनुसन्धान क्षेत्रमा प्रहरीले गरेका कार्यहरु प्रशंसायोग्य रहेको बताउदै अपराध अनुसन्धान तथा नियन्त्रणमा सम्बद्ध सबै निकाय तथा सहयोगी निकायहरु पनी उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिए ।  

त्यसैगरी, कार्यक्रममा बोल्दै उच्च अदालत बिराटनगरका सह–न्यायाधिवक्ता कोषहरि निरौलाले पछिल्लो समय अपराधको प्रवृत्तिमा परिवर्तन र यसको क्षेत्र विस्तार ह’ँदै गइरहेकाले प्रहरीलाई थप चुनौती थपिएको हुँदा प्रहरीले समेत आफ”लाई सोहीअनुसार तयारी अवस्थामा राख्नुपर्ने बताए । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो प्रमुख एआईजी उत्तमराज सुवेदीले अपराध अनुसन्धान गर्ने तल्लो एकाईमा वास्तविक अनुसन्धानमा देखिएका समस्याको बारेमा जानकारी लिने र समस्या समाधानमा यस गोष्ठीले पुलको काम गर्ने बताउँदै अपराधका प्रकृति र प्रवृत्ति परिवर्तित हुँदै गइरहेको तथा अहिलेका अपराधीको पृष्ठभ”मिसमेत नपाइएकोले प्रहरीको अबको अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने उनले बताए । कार्यक्रममा बोल्दै उनले हरेक नागरिकले आफ्ना सन्ततिलाई नैतिक शिक्षा अनिवार्य दिनुपर्ने विषयमा समेत जोड दिए ।

299421250_637967827674696_3651142643460181094_n

उच्च अदालत बिराटनगरका रजिष्ट्र्रार जितेन्द्र थपलियाले अपराध अनुसन्धानका तीन निकायहरु अनुसन्धान, अभियोजन र न्यायालयबीच निरन्तर समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिए । अनुसन्धान नै न्याय निरुपणको प्रमुख आधार भएको हुँदा प्रहरीले यसलाई अझ बढी संवेदनशिल भई अनुसन्धानमा विशेष ध्यान दिन उनले सुझावसमेत दिए ।  कार्यक्रमा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अपराध अनुसन्धान क्षेत्रलाई विशिष्टिकृत गरी कानुनमा व्यवस्था गरिएका कार्यहरु गर्नको लागि राज्यले सहयोग गरेमा मात्र प्रविधिमैत्री अनुसन्धानमा सहयोग पुग्ने हुँदा अपराध अनुसन्धानका क्षेत्रमा सरकारको सहयोग अपरिहार्य रहेको बताए । 

कार्यक्रममा उपस्थित प्रमुख अतिथि तथा अन्य अतिथिहरुलाई धन्यवाद ज्ञापन गर्दै प्रदेश प्रहरी प्रमुख सुदीप गिरीले अपराध गर्ने बदलिँदो शैली एवं आवरण र फैलँदो अपराधिक सञ्जालले थप चुनौतीहरु आइरहेको सन्दर्भमा अपराध अनुसन्धानको कार्यमा सबै क्षेत्रबाट सहयोग हुनुपर्नेमा जोड दिए ।  प्रहरीले प्रविधिमुलक अपराध अनुसन्धानमा जोड दिई कार्य गर्दे आइरहे पनि पर्याप्त साधनश्रोत नहुँदा केही कठिनाइहरु रहेको बताउँदै साधनस्रोत व्यवस्थापन लगायत दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने टड्कारो आवश्यकता रहेको उनले बताए ।

पहिलो चरणको उद्घाटन कार्यक्रममा प्रहरी नायबमहानिरीक्षक भीम ढकालले  स्वागत एवं कार्यक्रमबारे प्रकाश पारेका थिए । कार्यक्रममा अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, सञ्चारकर्मी, प्रहरी कर्मचारीहरु लगायत १५० जनाको उपस्थिति रहेको थियो ।