-गोविन्दराज ओझा (राजन)

सबैभन्दा राम्री लाग्छौ तिमी यो संसारमा

तिमीजस्ती राम्री कोही छैन संसारमा

मेरो लागि कुरी बस्नु यौवनलाइ जोगाएर

सिन्दुर हाली लैजान्छु तिमीलाई बाजा बजाएर

तिम्रो नजिक आएर केही कुरा गर्नु छ है

मनमा जे छ सुटुक्क मलाई सुनाउनु है


मैले सँधै तिम्रो सेवा गरेर बस्छु

यो मेरो जिन्दगी तिमीलाई समर्पण गर्छु

तिमीलाइ नै सोच्छु मैले सबैभन्दा राम्रो मान्छे

म छु नि सँधै तिम्रो पछिपछि हिँड्ने