चितवनः पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडकखण्ड आठ घण्टापछि पुनः सञ्चालनमा आएको छ ।

भरतपुर महानगरपालिका वडा नम्बर–२९, केराबारी र १८ किलोमा पहिरो खस्दा आज बिहानदेखि सो सडक दुईतर्फी नै अवरुद्ध भएको थियो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीका अनुसार रोकिएका सवारीसाधनहरू पहिरो पन्छाएसँगै गन्तव्यतर्फ लागेका छन् ।

पहिरो पन्छाउनका लागि दुई लोडरसहित एस्काभेटरको प्रयोग गरिएको थियो । -रासस