वेलिङटनः न्युजिल्यान्डको काइकोरामा रहेको गुज बेमा शनिबार बिहान एउटा ह्वेल माछासँग ठोक्किएर ११ जना सवार रहेको माछा मार्ने डुंगा पल्टिएको बताइएको छ ।

प्रहरीले दुईजनाको मृत्यु भएको पुष्टि गरेका छन् । तीनजना अझै बेपत्ता छन् । अरू ६ जनाको भने उद्धार गरिएको छ ।

उद्धार हेलिकोप्टर, डुंगा टोली र स्वयंसेवकहरूको एक घण्टा लामो उद्धार प्रयासपछि अहिले उक्त डुंगा किनारामा तानिएको छ । तर, तीनजना यात्रु अझै फेला परेका छैनन् ।

काइकोउरा एउटा सानो तटीय सहर हो । त्यो न्युजिल्यान्डको दक्षिण टापुमा ह्वेल अवलोकनका लागि प्रसिद्ध छ ।

दुर्घटनाको कारण खुल्न सकेको छैन । -रासस\सिन्ह्वा