इटहरीः अध्ययनका लागि ६ महिनाअघि जापान गएका धनकुटाको मारेकटहरेका अनिष कटुवालको शब बुधबार नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ  । 

उनको अंग्रेजी नयाँ बर्षको पहिलो दिन जनवरी १ तारिक अर्थात पौष १७ गते मृत्यु भएको थियो । २७ बर्षीय उनको आफ्नै कोठामा  मृत्यु भएको थियो ।

नुहाउँन बाथरुम जाँदा अक्सिजन पास हुने भेन्टिलेसनको स्विच अन गर्न बिर्सिंदा अक्सिजनको कमी भई बाथरुमभित्रै उनको मृत्यु भएको पारिवारिक श्रोतले बताएको छ  ।

itahari napa ad

अनिषका साथीहरू नयाँ वर्ष मनाउन बाहिर गएका बेला घटना भएको बताइएको छ । साथीहरू कोठामा फर्किदा बाथरुमको पानीमा डुबीरहेको अवस्थामा उनी मृत भेटिएका थिए । अनिष टोकियोस्थित इकेबुकुरोमा बसेर ताकाराजुका भाषा विद्यालयमा पढ्दै आएका थिए ।

anish katuwal.png 2

मृत्यु भएको १० दिनपछि उनको शव बुधबार साँझ काठमाडौं ल्याइएको हो । गैर आवासिय नेपाली संघ (एनआरएन) तथा जापानमा रहेका नेपालीहरूको सहयोगमा शव नेपाल ल्याइएको मृतक कटुवालका छिमेकी केबी पौडेलले जानकारी दिए । उनका अनुसार शव नेपाल ल्याउन झण्डै १२ लाख खर्च भएको छ । मृतक कटुवालको पार्थिव शरीरलाई उनका आफन्तले बुधबार नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरेका छन् । अन्त्येष्टिका लागि नवनियुक्त मन्त्री राजेन्द्र राईसहित काठमाडौंमा रहेका धनकुटेलीहरु पशुपति आर्यघाट पुगेका थिए ।