राजविराज । रोजगारीको शिलशिलामा मलेसिया पुगेका सप्तरीका ४३  जना सहित ५६ जना नेपाली काम नपाएर अलपत्र परेका छन् । 

तिन महिना देखि उनीहरू सलेङ्गर बन्द्रावारु इन्सटेक  भन्ने सहरमा बन्धक जीवन बिताइरहेका हुन । 

काठमाडौँस्थित भण्डारी ओभरसिज मेनपवार कम्पनीबाट जनवरी ६ तारिख  मलेसियास्थित एडिके कम्पनीमा एयरपोर्ट कार्गोमा  कामका लागि पठाए पनि उनीहरूलाई सहर बाहिर सिप नभएका अर्कै काम गर्नु पर्ने बाध्यता रहेको सप्तरीबाट मलेसिया पुगेका कामदार उमेश कुमार मण्डलले बताए । 

गाउँको एजेन्ट रामचन्द्र साह र सत्रुधन मंडल मार्फत म्यानपावरलाई तीन लाख ९५ हजार रुपैयाँ बुझाएर मलेसिया पुगेको पीडित मण्डलले बताए । एयरपोर्ट कार्गोमा  काम गर्ने गरी लाख रुपैयाँ कमाउने प्रलोभन देखाएर आफूहरूसँग पैसा असुले पनि अहिले सम्म कम्पनिले हामीलाई काममा नलगाएको उनले बताए  । काम नपाउँदा खान बस्न पनि समस्या भइरहे पनि म्यानपावर र एजेन्टले कुनै सहयोग नगरेको पीडितहरूको सामूहिक खिचिएको भिडियोमा भनिएको छ । 

कम्पनीले ‘आएको एक हप्तामा नै तिमिहरूलाई म्यानपावर र एजेन्टले ठगेर पठाएको हामीहरूलाई जानकारी गराएको कामदाहरुले बताए । मलेसियाको कम्पनीले सहमति पत्रमा आफ्नो हस्ताक्षर नरहेको पनि बताए । 

तिमिहरूलाई यहाँ भने अनुसारको काम दिन नसकिने मलेसियामा रहेको एडिके कम्पनीले हामीहरूलाई सुनाई सकेको काम गर्न मलेसिया पुगेका संजय कुमार खंले बताए । 

सुरुमा एक हप्ता सम्म खान बस्न दिए पनि अहिले खाना समेत नदिएको उहाँहरूको गुनासो रहेको छ । नेपाल वाट मलेसिया बोकेर आएको मोबाइल सस्तोमा बेचेर खान बस्न बाध्य रहेको उनीहरुले बताएका छन  । 

‘कम्पनीको गेटबाट बाहिर निकालिदिएको छ । हामीहरू गेट अगाडी नै असुरक्षित ठाउँमा बसिरहेका छौँ ।