सोलुखुम्बुः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संगठनात्मक अवस्था मूल्यांकन तथा आगामी निर्वाचनको तयारीलाई लक्षित गर्दै सञ्चालन गरेको ‘हामी आउँदैछौँ’ अभियानअन्तर्गत सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिकामा कार्यक्रम सम्पन्न गरेको छ।
शुक्रबार सम्पन्न कार्यक्रममा रास्वपाकी केन्द्रीय सदस्य निशा श्रेष्ठको प्रमुख आतिथ्यता तथा सांसद प्रेमलाल चौधरीको सहभागिता रहेको थियो। कार्यक्रममा रास्वपा सोलुखुम्बु जिल्ला सभापति नारायण काजी कार्कीसहित जिल्ला तथा स्थानीय तहका नेता–कार्यकर्ताको उपस्थिति थियो।
रास्वपा थुलुङ दूधकोशी गाउँपालिका सभापति युवराज बस्नेतको सभापतित्वमा सम्पन्न कार्यक्रममा पार्टीको संगठनात्मक अवस्था, स्थानीय तहमा संगठन विस्तार तथा आगामी निर्वाचनको तयारीसँग सम्बन्धित विषयमा छलफल गरिएको जनाइएको छ।
रास्वपा सोलुखुम्बु जिल्ला समितिले यसअघि असोज २० गते जारी गरेको पत्रअनुसार केन्द्रीय समितिको निर्णयबमोजिम जिल्लाका विभिन्न पालिकामा संगठनात्मक मूल्यांकन, निर्वाचनको अध्ययन तथा अनुगमनसम्बन्धी कार्यक्रम सञ्चालन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो।

सोही कार्यतालिकाअनुसार असोज २३ गते थुलुङ दूधकोशी र महाकुलुङ क्षेत्रमा कार्यक्रम सञ्चालन गर्ने उल्लेख थियो। अभियानमार्फत पार्टीको संगठनलाई थप व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी निर्वाचनका लागि आवश्यक तयारी अघि बढाउने जिल्ला समितिको उद्देश्य रहेको छ।

अभियानमा केन्द्रीय सदस्य, सांसद, जिल्ला समितिका पदाधिकारी, पालिका सभापति, वडा सभापति, विभिन्न विभागका प्रमुख तथा पदाधिकारी र पार्टीका सदस्यहरूको सहभागितालाई प्राथमिकता दिइएको छ।
रास्वपाले पालिकास्तरमा सञ्चालन गरेको यस अभियानलाई स्थानीय संगठनको अवस्था बुझ्ने, नेता–कार्यकर्तासँग प्रत्यक्ष संवाद गर्ने र आगामी निर्वाचनका लागि संगठनलाई सक्रिय बनाउने प्रयासका रूपमा हेरिएको छ।