इटहरी: अध्यादेश मार्फत कर्मचारीहरुलाई विभेद गर्ने गरि कर्मचारी संयोजन ऐन ल्याएको भन्दै देशै भरि कर्मचारीहरुले सरकारसंग रुष्ट छन् । इतिहासकै शक्तिशाली सरकारले कर्मचारीसंग कुनै पनि छलफल समेत नगरी अध्यादेश मार्फत ऐन ल्याएकोले भन्दै कर्मचारी सरकारसंग आन्दोलित भएका हुन् ।

माथिल्ला तहका ठुला कर्मचारीहरुलाई मात्र सहज हुने गरि समायोजन ऐन ल्याएको तल्ला तहका कर्मचारीले लगाउँदै आएका छन् । स्थायी सरकार मानिने कर्मचारीको व्यवस्थापन जस्तो गम्भीर बिषयमा यथेस्ट छलफल नगरी ऐन ल्याएकामा के कस्ता समस्या छन्,कर्मचारीलाई कसरि सन्तुष्ट बनाउन सकिन्छ, कानुनि र अन्तराष्ट्रिय अभ्यास के कस्ता छन् यी र यस्तै बिषयमा नेपाल निजामति कर्मचारी संगठनका केन्द्रीय सदस्य प्रकाश रार्इसंग गरेको कुराकानी ।