काठमाडौंः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भइसकेपछि बरामद भएको सुन प्रकरणमा भन्सार विभागले छानविन समिति गठन गरेको ।
विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काका अनुसार विभागका अनुसन्धान शाखाका निर्देशक मानबाहदुर पौडेलसहित छ सदस्यीय छानविन समिति गठन गरिएको छ । यो समितिले पाँच दिनभित्र आफ्नो प्रतिवेदन बुझाउनुपर्ने छ ।
खड्काले भने, ‘‘विभागका अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा छ सदस्यीय छानविन समिति गठन गरिएको छ । उक्त समितिले पाँच दिनभित्र अनुसन्धान गरी प्रतिवेदन बुझउनेछ ।’’
उनले भन्सार कार्यालयका कर्मचारीको कमजोरी वा आन्तरिक त्रुटीले सुन भित्रिएको आशङ्कामा अनुसन्धान गर्न समिति गठन गरिएको बताए। छानविन समितिले भन्सार जाँचपास गर्दाको गतिविधि र भन्सार प्रक्रिया अुसार नै जाँचपास गरे नगरेको अनुसन्धान गर्नेछ ।