काठमाडौंः पोल्याण्ड पठाउने प्रलोभनमा नौ लाख ५० हजार रुपियाँ ठगी गर्ने ४२ वर्षीय पुष्पराज जोशीलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकृत प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले आइतबार विज्ञप्ति सार्वजनिक गर्दै  कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ स्थायी घर भएका जोशीलाई बानेश्वरबाट पक्राउ गरेको जानकारी दिए।

जोशी पोल्याण्ड जानका लागि आठ लाख रुपियाँ र आकर्षक तलब हुन्छ भनी पीडितसँग एक लाख ५० हजार रकम लिएर फरार भएका थिए ।