काठमाडौंः कर्णाली प्रदेशअन्तर्गतको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका उच्च मूल्य कृषि वस्तु विकासका तत्कालीन आयोजना प्रमुख तथा सचिव राजेन्द्रप्रसाद भारीविरुद्व ९२ लाख ४३ हजार २९८ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता भोला दाहालले सुर्खेतको वीरेन्द्रनगर औद्यौगिक क्षेत्रभित्र शीत भण्डार निर्माण कार्यमा वास्तविकभन्दा बढी भुक्तानी भएको आरोपमा भारीसहित १६ जनाविरुद्व भ्रष्टाचार मुद्दा दायर भएको छ । 

तत्कालीन सव–इन्जिनियर गणेश भण्डारीविरुद्व १६ लाख २४ हजा ८८१ रुपियाँ, तत्कालीन वरिष्ठ कृषि अर्थ विज्ञ हरिप्रसाद पण्डित र लेखा अधिकृत हरिबहादुर थापा, तत्कालीन निर्देशक भक्तिराम शर्मा, योजना शाखामा प्राविधिक सहायक गुरुप्रसाद अधिकारी र लेखा अधिकृत उत्तम कुमार बस्नेतविरुद्व तीन लाख २५ हजार ५६७ रुपियाँ भ्रष्टाचार आरोप लागेको छ । 

लेखा अधिकृत खिमलाल वलीविरुद्व तीन लाख ५३ हजार २०४, कृषि अधिकृत सुरेश कुमार थापा र सहलेखापाल उषा ठाडाविरुद्व सात लाख २६ हजार १८१, सबइन्जिनियर सुवर्ण राज भारती, इन्जिनियर महेश शर्माविरुद्वविरुद्व ३५ लाख ३६ हजार ६८ रुपियाँ बिगो दाबी गरिएको छ । 

यसैगरी, कर्णाली कोल्ड चेन लजिस्टिकका तत्कालीन अध्यक्ष प्रकाश अधिकारी, हालका अध्यक्ष कलाधर उपाध्याय, सदस्य लक्ष्मण कँडेल र प्रवल शाहीविरुद्व ९२ लाख ४३ हजार २९८ बिगो दाबी गर्दै मुद्दा दायर भएको छ । 

यस्तै, तत्कालीन इन्जिनियर महेश शर्माविरुद्व ३५ लाख ३६ हजार ६८ रुपियाँ भ्रष्टाचार रकमको मागदाबीसहित बिहीबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर भएको आयोगले जनाएको छ ।