खोटाङः  तस्करले प्रतिबन्धित खयर काटेर ट्याक्टरमा लाँदै गरेको अवस्थामा पक्राउ गरी वन कार्यालयलाई जानकारी गराएका थिए । तर वनका कर्मचारीले उल्टै स्थानीय आमा समूहलाई धम्की दियो । आमाहरू झस्किए अनी भने कर्मचारीकै मिलेमतो रहेछ । नत्र कसरी हामी माथि जाइ लाग्ने हामीले जानकारी गराउँदा समेत किन काठ समातेको भन्दै उल्टै धम्की दिनु लेनै प्रस्ट मिलेमतो भएको बुझिन्छ आमा समूहका अध्यक्ष सुमित्रा दाहालले बताइन । 

खोटाङको हलेसी तुवाचुङ नगरपालिका–४ बडहरेस्थित खोक्सेली सामुदायिक वनमा अवैध रुपमा खयर कटनी गरेर ट्याक्टरमा लाँदै गर्दा खयरका काठ स्थानीय आमा समूहले रोकेको छ । बुधवार राती स्थानीय कुन्तादेवी आमा समूहले रोकेको हो ।

राती करिब ८ बजे ट्याक्टरमा हालेर जादै गरेको खयरका काठ जफत गरिएको समूहका अध्यक्ष सुमित्रा दाहालले जानकारी दिइन। ‘हाम्रो सामुदायिक वनमा खयर काटिएको छ भन्ने सुनेका थियौँ । बुधवार राती खानेपानी जोड्न आमा समूह भित्रकै सदस्यहरू लोक माया दाहाल, सुमित्रा दाहाल, दिलकुमारी भुजेल र म गएका थियौँ । अध्यक्ष दाहालले भनिन, सोही समयमा ट्याक्टरले खयर लिएर आउँदै गरेको देखेपछि रोकेका हौँ । त्यसपछि सबै तिर हल्ला भयो, स्थानीय सबै आउनुभयो ।’ यस अगाडी पनि विना अनुमति खयरको कटान हुनु र ढुवानी हुँदा समेत कुनै चेकजाँच नहुनेले कर्मचारीको मिलेमतो विना यस्तो काम गर्न सम्भव नहुने स्थानीयको आरोप छ । 

प्रहरीले थाहा पाए भने समस्या हुने भन्दै खयरको काठ बोकेको ट्याक्टर रोकिएपछि काठ छाडेर गएको उहाँहरूको भनाई छ । बिहीबार गएर सामुदायिक वनमा हेर्दा करिब ६० बोट खयर काटिएको स्थानीयले बताएका छन् । जफत गरिएको खयर हाल बडहरेस्थित गरिबी निवारण संस्थाको भवनमा राखिएको छ । 

वनका कर्मचारीलाई जानकारी दिँदा फोनबाटै धम्की दिएको उनीहरूको भनाई छ । फोनबाट कर्मचारीले समात्ने भए काट्दै गर्दा पक्रिनु पर्थ्यो, यसरी लैजाँदै गर्दा किन समातेको काठ भन्दै थर्काएको बताइन।   

शव डिभिजन कार्यालय हलेसीका प्रमुख राम सागर मण्डल जिल्ला बाहिर रहेकाले आएर काठको विषयमा अनुगमन गर्ने बताउनुभयो । खयर कटनी सम्बन्धी कसैले पनि कटानी आदेश नलिएको उनले स्पष्ट पारे। अनिलकुमार राईले खयर काटेको स्थानीयले बताएका छन् । 

अवैध रूपमा कटान गरी लाँदै गएको दुई ट्याक्टर खयर आमा समूहले समाएका छन् भने यस अघि पनि खयर कटान भएको स्थानीयको भनाई छ । । यस अघि डिकुवाको खयरको काठ अर्जुन बस्नेतले कटान गरेको वडाध्यक्ष देवेन्द्र राईले बताए । यसरी खयर कटान हुनु अनि ढुवानी हुनुमा सम्बन्धित निकायको पनि मिलेमतो हुनसक्ने उनको आरोप छ । यो खबर आजको गोरखापत्रमा छ ।