तेह्रथुमः १४ दिन अगाडि घरबाटै एकाएक वेपत्ता भएकी आठराई संक्रान्तिबजार  डाँडागाउँकी २४ वर्षीया रेसिका श्रेष्ठ(दमन्ता)को शव उनको पसल नजिकै रहेको सुँगुरको खोरमा गाडिरहेको अवस्थामा फेला परेको छ  ।

गत साउन १४ गते आफ्नै घरबाट हराएकी दमन्ताको खोजी गर्ने क्रममा उनकै पसल नजिकै सॅुगरको खोरमा गाडिएको अवस्था शनिबार दिउँसो शव फेला परेको ईलाका प्रहरी कार्यालय संक्रान्तिबजारले जनाएको छ ।

भेटिएको शवको टाउको मात्रै देखिन्छ । जिल्ला प्रहरी कार्यालय तेह्रथुमको प्रहरी निरीक्षक सहितको टोली घटनास्थलमा आएपछि शव निकाल्ने तयारी भइरहेको छ ।

दमन्ताको श्रीमान् राजकुमार श्रेष्ठ साउन २४ गतेदेखि बेपत्ता छन् । साउन १५ गते ईलाका प्रहरी कार्यालयमा श्रीमती हराएको जानकारी राजकुमार आफैले गराएका थिए । राजकुमारलाई प्रहरीले काँकरभिट्टाबाट पक्राउ गरेको छ । 

प्रहरीले हराएकी दमन्ताको खोजीकार्य सुरू गरेको केही दिनमै राजकुमारले श्रीमती झापामा आफन्तकोमा रहेको जानकारी प्रहरीलाई गराएको बताइएको छ ।

दमन्ताको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाको अनुशासन प्रहरीले गरिरहेको छ ।