सङ्खुवासभाः खाँदवारी नगरपालिका–१ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका प्रमुख राजेन्द्र घिमिरे र कारागार सुरक्षाकर्मी लक्ष्मी चौधरीलगायतविरूद्ध पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा साउन २७ गते उजुरी दर्ता गराएको छ ।
मादी नगरपालिका–५ का ३० वर्षीय प्रकाश तोलाङ्गीले साउन २७ गते कारागार सुरक्षाका असई र कारागार सुरक्षाकर्मीलगायतविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएको डिएसपी वीरेन्द्र गोदार बताए।
कारागारका प्रमुख र सुरक्षाकर्मीसहित किटानी जाहेरी दिएको मृत्तक ३४ वर्षीय दाजु रमेश बलामीले बताए।
कुटपिटबाट कैदी सङ्खुवासभाकै मादी नगरपालिका–५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको ०८० साउन २४ गते मृत्यु भएपछि पीडित पक्षले शवको पोष्टमार्टम नगरी विरोध गर्दै आएका थिए ।
पीडित पक्षले शव हेर्दा रडले कुटपिट गरेको, गोलीगाँठोमा सुइले रोपेको जस्तो देखिएको, शरीरभरी निलडाम भएको, हत्या भएको आधार देखिएपछि कारागार प्रमुख र कारागारका सुरक्षाकर्मीविरूद्ध जाहेरी दिने प्रयास गरेका थिए ।
घटनालगत्तै पीडित पक्षले विरोध गरेपछि गृह मन्त्रालयले छानविन समिति बनाएको थियो ।
जिल्ला प्रशासन कार्यालयमा साउन २६ गते छानविन समिति संयोजक कमलप्रसाद पाण्डे, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, डिएसपी वीरेन्द्र गोदार, मानव अधिकारकर्मी, पीडित पक्ष र जिल्लास्थित सरोकारवालाको सर्वपक्षीय बैठकले कारागार प्रमुख र सुरक्षाकर्मीविरूद्ध उजुरी दिने सहमति भएपछि कानुनी कारबाही सुरु भएको छ । घटनाका विषयमा इन्सेकले साउन २६ गतेदेखि स्थलगत अनुगमन गरिरहेको छ ।