सङ्खुवासभाः खाँदवारी नगरपालिका १ स्थित हस्पिटल गेटमा रहेको जिल्ला कारागारका दुई जना कैदी शङ्कास्पद मृत्यु भएको ६ दिनपछि पीडित परिवारले शव बुझेको छ ।

प्रहरीको यातनाबाट ०८० साउन २४ गते मारिएका भनिएका सङ्खुवासभाकै मादी नगरपालिका(५ का १९ वर्षीय विनोद तोलाङ्गी र नुवाकोट जिल्ला, ककनी गाउँपालिका(७ का २८ वर्षीय आकाश बलामीको साउन २७ गते जिल्ला अस्पतालमा पोष्टमार्टम गरी साउन २९ गते पीडित परिवारले शव बुझेको हो ।

कोशी अस्पताल, विराटनगरका विशेषज्ञ डाक्टर मनोज लिम्बूको समूहले साउन २७ गते शवको पोष्टमार्टम गरेपछि पीडित परिवारले साउन २९ गते शव बुझेको छ ।

मादी नगरपालिका(१ का विनोदको खाँदवारी नगरपालिका(६ स्थित पिलुवा खोला र नुवाकोट जिल्ला, ककनी गाउँपालिका(७ का २८ वर्षीय आकाश बलामीको नुवाकोटमा सद्गत गर्ने पीडित परिवारले जनाएको छ ।

Photo-20230814-Sangkhauwasabha-6