काठमाडौँः  पोर्चुगल पठाइ दिन्छु भन्दै ३९ लाख रकम ठगी गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । इलाम रोङ ६ स्थायी घर भई हाल काठमाडौँ–९ सिनामंगल बस्ने ३१ वर्षीय उमेश सेती सुरुवाललाई सोमबार दिउँसो काठमाडौँ(६ बौद्धबाट काठमाडौँ उपत्यका अपराध अनुसन्धानको टोलीले पक्राउ गरेको छ । 

सुरुवालले सुरज श्रेष्ठसमेत गरी तीन जनालाई वैदेशिक रोजगारीका लागि पोर्चुगल पटाइदिन्छु भन्दै त्यसका लागि प्रतिव्यक्ति १३ लाख लाग्ने र पोर्चुगलपुगेपछि मासिक एक लाख बढी तलब हुने, कृषि कम्पनीमा काम लगाइ दिने भन्दै ३९ लाख रुपियाँ लिएर सम्पर्कविहीन भएका थिए । सुरुवाललाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ