इटहरीः १७ हजार ५ सय नेपाली नक्कली नोट सहित सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर १ बाट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । 

होटल सञ्चालकको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले 

 शनिबार रामधुनी वडा १ का ३६ वर्षीय रोशन चौधरीलाई ५ सय रुपियाँका ३५ थान नक्कली नोटसहित इलाका प्रहरी कार्यालय पकलीले पक्राउ गरेको हो । 


नक्कली नोट सहित पक्राउ परेका  चौधरीलाई थप अनुसन्धानका लागि आइतबार जिल्ला अदालत सुनसरीबाट मुद्रासम्बन्धी कसुरमा तीन दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिए । 


रामधुनी–१ को झुम्का बजारको एक होटलमा खाजा खाएको पैसा तिर्न गएका चौधरीले नक्कली नोट दिएपछि होटल सञ्चालकले शङ्का लागेर प्रहरीलाई खबर गरेका थिए । तत्काल पक्राउ गरी अनुसन्धान गर्दा नोट नक्कली भएको पुष्टि भएको प्रहरीको भनाइ छ । उनी माथि थप अनुसनधान भईरहेको सुनसरी प्रहरीले जनाएको छ ।