उर्लाबारीः  मोरङको उर्लाबारी नगरपालिका(७ मा बसोबास गर्ने ६० वर्षिय गगा बहादुर पौडेल मंगलबारेमा मृत फेला परेका छन् ।

गत भदौ ४ गते सोमबार घरबाट दिउसो हाफपइन्ट किन्छु भनेर उर्लाबारी चौक निस्किएका पौडेल साझ पख सम्म पनि घर नर्फिएपछि परिवारले उनको खोजतलास गरेको थियो ।

खोजतलासका क्रममा आफन्तले ईलाका प्रहरी कार्यालय उर्लाबारीमा मानिस हराएको निवेदन दिएर खोजतलास गर्दा पनि उनि फेला परेका थिएनन् ।

उनको खोजी कार्य जारी रहेकै बेला बुधवार दिउसो उर्लाबारी(३ मगलबारे स्थित सालबारी सामुदयिक बनको क्षेत्रमा उनि मृत फेला परेको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

बुधवार दिउसो जंगलमा घासदाउरा गर्न गएकी एक स्थानिय महिलाले मानिस लडिरेको देखेपछि हल्लाखाल्ला गरेकी थिइन उनले हल्ला खल्ला गरेपछि स्थानियले प्रहरीलाई खवर गरेका थिए ।

प्रहरीले खवर पाएपछि घटना स्थलमा पुग्दा उनि मृत फेला परेको मंगलबारे प्रहरी चौकीका इन्चार्ज असई हेमनारायण यादवले बताए ।

मृत पौडेल फेला परेको स्थानबाट प्रहरीले मेटाकोल ५० लेखिएको विषको बट्टा फेला पार्नुका साथै शव भएको वरीपरी सय, पाच र रु २० का नोटहरु समेत छरिएको अवस्थामा फेला पारेको जनाएको छ ।

मृतक पौडेलले विष सेवन गरेर मृत्यु वरण गरे अथवा मृत्युको अन्य कारण भए पोष्टमार्टम रिर्पोट पश्चात निक्र्यिोल हुने प्रहरीले जनाएको छ ।

मृतक पौडेलको शव पोष्टमार्टमका लागि उर्लाबारी(३ स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको प्रहरीले जनाएको छ ।

मृतक पौडेलकी श्रीमती मायादेवी कार्की पौडेलका अनुसार श्रीमान शिक्षक पेसामा रहेर सखुवासभाको आखीभुईमा ३६ वर्ष अध्ययन गराएर अवकास प्राप्त गरेका थिए ।

अवकास पश्चात पौडेलले नेपाल सरकारबाट पाउने पेन्सनपट्टा वापतको कागजपत्र निर्माणमा उनको नाममा त्रुटि भेटिएको थियो ।

मृतक पौडेलको नागरितामा गंगा बहादुर पौेडेल क्षेत्री र सर्टिफिकेटमा गगा पौडेल मात्र भएपछि उनको पेन्सनपट्टामा समस्या उत्पन्न भएको मृतक पौडेलकी श्रीमतीले बताईन ।

श्रीमतीले भनिन(नाममा त्रुटि फेला परेपछि उनलाई नाम सच्चाउन भनेर किताव खानाले फर्कायो किताव खानाबाट फर्किर दुवै नामको व्याक्ति आफै भएको प्रमाणित गर्न उर्लाबारी(७ को वडा कार्यालय पुगे वडाले दुवै नामको व्याक्ति एउटै भएको प्रमाणित गर्यो । तर त्यो प्रमाणितलाई जिल्ला प्रशासन कार्यालयले वडाको सिफारिसलाई मान्यता नदिए पछि आफ्नो श्रीमान निरास भएर फर्किएको र सोही कारण उनमा पुनः उनको पुरानो डिप्रेसनले गाज्न थालेको थियो, औषधी गर्दै थियौ सोमबार घरबाट हिडनु भाको थियो आज यस्तो अवस्थामा भेट्यौ।

यस्तै मृतक पौडेलका नातामा सोलो पर्ने ईद्र बहादुर कार्कीका अनुसार जिल्ला प्रशासन कार्यालय मोरङका हाकिमले वडाको सिफारिस बोकेर भिनाजु पटक(पटक धाउदा पनि निरास बनाएर फर्काइदिने गरेका कारण भिनाजुमा नैराश्यता छाउन थालेको थियो सोही कारण भिनाजुले आत्महत्या गरेका हुन ।

वडाले दिएको सिफारिस बोकेर पटक(पटक जिल्ला प्रशासन कार्यालय धाएपनि प्रशासन कार्यालयले दुवै नामको व्याक्ति एउटै हो भन्ने सिफारिसलाई मान्यता नदिएपछि उनको पेन्सन पाउने सपना टुटदा उनले निरास भएर मृत्युको बाटो रोजेको आफन्तको आरोप छ ।

मृतक पौडेलले शिक्षक पेसाबाट २०७९ फागुनमा अवकास प्राप्त गरेको परिवारले जनाएको छ। पूर्वी प्रेसबाट