इटहरीः  जिल्ला प्रशासन सुनसरीले धरानमा जारी गरेको निशेधआज्ञाका कारण आज बजार क्षेत्र सुनसान बनेको छ ।

धरान प्रवेशमा कडाई गरिएपछि हिन्दु धर्म समर्थकहरूले इटहरीमा भने बिहानबाटै व्यापक प्रर्दशन गरिरहेका छन् । उनीहरुलाई इटहरीकाृ पानीपिया क्षेत्रमा सुरक्षाकर्मीहरुले रोकेका छन् ।

शुक्रवार राती १२ः०० बजेदेखि लागु भएको निशेधआज्ञा अवधि आज राति १२ः०० बजे सकिन्छ ।

निशेधआज्ञा अवधिमा धरान प्रवेश गर्ने ५ नाकामा सुरक्षा सतर्कता बढाइएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक प्रभु ढकालले बताए । उनकाअनुसार धरान प्रवेश गर्ने पश्चिम बाटो वराहक्षेत्र नगरपालिका–१ मा पर्ने झण्डा चोकदेखि धरानतर्फको क्षेत्र र धरान प्रवेश गर्ने पश्चिम–दक्षिण रामधुनी नगरपालिका–६ बाट वराहक्षेत्र नगरपालिका–३ चोकबाट धरानतर्फको क्षेत्र प्रवेशमा कडाइ गरिएको छ ।

370515232_658945426186168_8375842791099116215_n

यस्तै, इटहरी–२० तरहरा पानीपियादेखि उत्तर धरान क्षेत्र, धरान–५ प्रवेश गर्ने पूर्वी केराबारीबाट धरान क्षेत्र र धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट धरानतर्फको क्षेत्रमा सुरक्षा व्यवस्था कडा गरिएको छ ।

धरानको चारैतिरका प्रमुख नाकाहरूमा सवारी आवागमनलाई कडाइ गरिएको छ । धरानभित्र पनि बाक्लो सङ्ख्यामा सुरक्षाकर्मीहरू परिचालन गरिएको छ ।

आज धरानमा गर्ने भनिएको प्रदर्शनमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाएर प्रतिबन्ध गरेपछि हिन्दु धर्म समर्थकहरूले  इटहरीमा प्रदर्शन गरिरहेका छन् ।

धरानमा गाई गोरु काट्नेलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेर इटहरीमा हिन्दु धर्म समर्थकहरूले प्रदर्शन गरेका हुन् ।

371814154_260814890149594_3586901120609095898_n

तोकिएका नाकाहरूमा अत्यावश्यक काममा सुरक्षा निकायसँग समन्वय गर्ने बाहेक अन्य अनावश्यक कामका लागि हिँडडुल र भेला गर्न पाइने छैन । निशेधआज्ञा उल्लङ्घन गर्नेलाई स्थानीय प्रशासन ऐन,२०२८ अनुसार कारबाही गरिने जिल्ला प्रशासन कार्यालय सुनसरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरीले लामो दुरीबाट ध्रान र पहाडी क्षेत्रका लागि आएका सवारी साधनहरुलाई सोधपुछ र चेंक जाँच गरि छाडिरहेका छन् । धरान बन्द हुँदा धरान र इटहरीबाट पहाडी क्षेत्र तर्फ चल्ने सवारी साधनहरु भने विहानैबाट अवरुद्ध भएका छन् ।