काठमाडौंः  भेपमा सुन लुकाएर भएको तस्करी प्रकरणमा राहुल महरा पक्राउ परेका छन् । राहुल माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छोरा हुन् ।

केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता तथा सूचना अधिकारी नवराज अधिकारीले महरालाई नियन्त्रणमा लिएको पुष्टि गरेका छन ।

प्रवक्ता अधिकारीका अनुसार सुन तस्करी प्रकरणमा अनुसन्धानका लागि महरालाई नियन्त्रणमा लिइएको हो ।

विसं२०७९ पुस १० मा दुबईबाट चिनियाँ नागरिक दाओजिन वाङसहितको गिरोहले विद्युतीय चुरोट ‘भेप’भित्र लुकाएर करिब नौ केजी सुन ल्याएको थियो । जाँचपासका क्रममा भेप शङ्कास्पद देखिएपछि भन्सारले जफत गरी गोदाममा राखेको थियो ।