धरानः धरान उमहानगरपालिका उपमेयर अइन्द्रबिक्रम बेघाको घरमा मंगलबार साँझ भएको  भएको ग्याङ्फाइटमा संलग्न ८ जनालाई प्रहरी पक्राउ गरेको छ भने े एक जनाको अवस्था गंभीर रहेको छ । 

दुई समुहका युवाहरु वीच ग्याङ्फाइट हुँदा खुकुरी प्रहारबाट संदेश राई गम्भिर घाइते भएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी नवराज मल्लले जानकारी दिए । गम्भिर घाइते राईको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसीयुमा राखेर उपचार भइरहेको प्रहरीले जनाएको छ । घाइते राईको खुकुरी प्रहारबाट ढाड हातमा गहिरो चोट लागेको वताइएको छ । घटनामा उपमेयर बेघाको भाई बिष्णुको अनुहार र टाउकोमा सामान्य चोट छ ।

प्रहरीले घट्नामा संलग्न दुवै तर्फका युवाहरुलाई पक्राउ गरेको छ ।  इलाका प्रहरी कार्यालय धरान डिएसी मल्लका अनुसार उप मेयरका भाई विष्णु वेघा सहित ८ जनालाई प्रहरी पक्राउ गरेको हो ।  पक्राउ पर्नेमा खुकुरी प्रहरी गर्ने विष्णुृ सहित बाघवीर भनेर चिनिने सुरज तामाङ र मेनल तामाङ छन् । त्यसै गरि उप मेयरको घरमा गएर ढुङ्गामुडा गर्ने संजीव राई,राजकुमार लिम्वू, सागर भन्ने दिपेन्द्र राई अमृत तामाङ र अनिल राईलाई प्रहरी पक्राउ गरेको जनाइएको छ । प्रहरीका अनुसार घट्नामा संलग्न अरु पनि हुन सक्ने वताइएको छ । प्रहरीका अनुसार दुई युवा समुहवीच अस्तिको दिन पुरानो रिसिबीले झगडा भएको वुझिएको छ ।     

प्रहरी अनुसन्धानको क्रममा मंगलबार शुरुमा बिष्णु बेघाको समुहले आक्रमण गरेको र त्यसपछि अर्को समुहले लखेट्दै गएर उपमेयर बेघाको घरसम्म ढुंगामुढा गर्न पुगेको भन्ने छ  । उपमेयर बेघाले आफ्नो घरमा आक्रमण भएको र समयमै प्रहरीलाई खबर गरेपनि ढिला गरि आएको भन्दै धरानका डिएसपीलाई फोन गर्दै फेसबुक लाइभ गरेका थिए  । जुन अहिले सामाजिक सञ्जालमा भाईरल छ ।