इटहरीः इटहरी उपमहानगरपालिका वडा नम्बर ८ घर भई उदयपुरको वेलका नगरपालिका अन्तर्गत भागलपुर प्रहरी चौकीमा कार्यरत असई ४५ बर्षीय श्रीकुमार बस्नेतको सवारी दुर्घटनामा ज्यान गएकोृ छ । 

उनको बुधबार ट्रकको ठक्करबाट मृत्यु भएको हो । सदरमुकाम गाईघाटबाट मोटरसाईकलमा कार्यस्थल भागलपुर फर्कने क्रममा चौदण्डीगढी नगरपालिका– ९ ज्यामिरेमा ना ४ ख ८१६३ नम्बरको ट्रकले ठक्कर दिएको थियो । उनको घटनास्थलमै ज्यान गएको थियो । 

स्रोतका अनुसार असई बस्नेत जिल्ला प्रहरी कार्यालयको मिटिङमा सहभागी भई फर्किने क्रममा दुर्घटनामा परेका थिए । उनलाई ठक्कर दिने ट्रकका चालक कोहलपुर नगरपालिका १३ निवासी विशाल परियारलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।